शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

समाज

आज (यमराजको दूत) काग तिहार  मनाईदै

आज (यमराजको दूत) काग तिहार मनाईदै

समाचार, समाज
कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज मनाईदैछ । यमराजको दूतका रूपमा कागलाई मीठा– मीठा चिजबिज खान दिएर तिहारको पहिलो दिन काग तिहार मनाइन्छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक शुरु भएको छ । आजदेखि भाइटीकासम्म नेपालीले दशैँपछिको दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने गर्छन् । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठा–मीठा खान दिई खुशी पार्ने गरिएको पनि उनले थपे । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ । “काकेन दधि भक्षितम्” अर्थात् काग...
धेरै वर्षअघि सञ्चारको एक मात्रै विश्वसनीय माध्यम हुलाक सेवालाई बदलिँदो परिवेशअनुसार अघि बढाउन नयाँ सोचको आवश्यकता

धेरै वर्षअघि सञ्चारको एक मात्रै विश्वसनीय माध्यम हुलाक सेवालाई बदलिँदो परिवेशअनुसार अघि बढाउन नयाँ सोचको आवश्यकता

समाचार, समाज
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक सेवालाई युगसुहाउँदो बनाउन जरुरी रहेको बताएका छन् । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा हुलाक सेवा विभागका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले धेरै वर्षअघि सञ्चारको एक मात्रै विश्वसनीय माध्यम हुलाक सेवालाई बदलिँदो परिवेशअनुसार अघि बढाउन नयाँ सोचको आवश्यकता औँल्याए । उनले हुलाक सेवालाई विश्वसनीय र भरपर्दो बनाउन सरोकार पक्षसँग आवश्यक छलफल गरिने बताउँदै त्यसका लागि नयाँ सोचसहितको कार्ययोजना ल्याउन विभागका पदाधिकारीलाई आग्रह गरे । सरकारका प्रवक्ता गुरुङले विकसित मुलुकमा पनि हुलाक सेवाको महत्व बढ्दै गएको बताउँदै यसको सेवालाई छिटो, छरितो र भरपर्दो बनाउन निर्देशन दिए । त्यसका लागि आवश्यक ऐन, कानुन, नीति, कार्यविधि परिमार्जन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री गुरुङको भनाइ थियो । उनले निजी क्षेत्रबाट सञ्चालित कार्गो सर्भिसलाई ...
जिल्ला प्रशासन कार्यालय चितवनले तिहारमा देउसीभैलो खेल्न रोक

जिल्ला प्रशासन कार्यालय चितवनले तिहारमा देउसीभैलो खेल्न रोक

समाचार, समाज
 जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ। कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको हो। चौध बुँदे सो योजनाअन्तर्गत बुँदा नम्बर ३ मा भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकूदलगायतका क्रियाकलाप सञ्चालन नगर्न अनुरोध गरिएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा लागू नभए पनि महामारी नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बताए। आवागमन तथा जमघटले कोरोना सङ्क्रमण उच्च हुने जोखिम रहेकाले चाडपर्व मनाउँदा एकाघरमा बसेर मनाउन उहाँले आग्रह गरे। उनका अनुसार घरदैलोमै पुगेर खेलिने देउसीभैलोका कारण सङ्क्रमणको जोखिम भएकाले देउसीभैलो खेल्न पूर्ण रोक लगाइएको हो। पटाका, आतसबाजीलगायतका विष्फोटक पदार्थ ओसारपसार तथा प्रयोग नगर्नसमेत...
वाणिज्य बैंकका ६ हजार बढी कर्मचारी कोरोना संक्रमित

वाणिज्य बैंकका ६ हजार बढी कर्मचारी कोरोना संक्रमित

समाचार, समाज
 ‘क’ वर्गका बैंकहरु -वाणिज्य बैंक) का मात्रै हालसम्म ६ हजार बढी कर्मचारीमा कोरोना संक्रमित भएका छन् । कोरोना महामारीका बेला पनि नियमित सेवा दिइरहेका बैंकहरुको ६ हजार बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । नेपाल बैंकर्स संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । संक्रमितमध्ये आधा जति निको भइसकेको संघले जनाएको छ । संघका अनुसार बाँकी रहेका संक्रमित कर्मचारीहरु कोही होम आइसोलेसनमा त कोही अस्पतालमा बसेर उपचार गराइरहेका छन् । धेरै कर्मचारीहरु संक्रमित भए पनि बैंकहरुले सेवा भने नियमित दिइरहेका छन् । संघका अनुसार आगामी २९ गतेदेखि भने मंसिर १ गतेसम्म भने बैंकका सबै शाखा कार्यालयहरु बन्द हुने भएका छन् । तिहारको अवसरमा २९ गतेदेखि १ गतेसम्म सबै कार्यालयहरु बिदा दिने निर्णय भएको संघको भनाई छ । संघका अनुसार यस अवधिमा बैंकका सबै शाखा कार्यालयहरु बन्द हुने भए पनि डिज...
बुढानिलकण्ठ-डाँडागाउँ सडक कालोपत्रे हुँदा स्थानीय खुसि

बुढानिलकण्ठ-डाँडागाउँ सडक कालोपत्रे हुँदा स्थानीय खुसि

समाचार, समाज
कात्तिक २४ काठमाडौं । बुढानिलकण्ठ-डाँडागाउँ सडक कालोपत्रे हुँदा स्थानीय खुसि भएका छन। सुगम नगरपालिकामा पनि दुर्गम झैँ विभिन्न समस्या भोग्दै आएका डाँडागाउँका स्थानीयहरुले सो सडक कालोपत्रे भए संगै समय र श्रमको बचत हुने भन्दै खुसि ब्यक्त गरेका हुन् । बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव बन्न सक्ने प्रचुर सम्भावना बोकेको डाँडागाउँमा स्थानीयहरुले पेन्देल होम स्टे स्थापना गर्दै सामुहिक पर्यटन प्रवर्धनको प्रयास शुरु गरेको एक स्थानीय शिक्षकले बताए। संघीय सरकार मार्फत उक्त सडक ओभर ल्यापिंग गर्दै कालोपत्रेका लागि पहल गर्ने काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपप्रधानमन्त्री ईश्वर पोखरेललाई धन्यवाद दिदै उनले सोहि स्थानमा सामुहिक कृषिको कार्यक्रम शुरु गर्न लागेको जानकारी दिएका छन। काठमाडौं उपत्यका सहित सुर्योदय र सुर्यास्तको अवलोकन गर्ने सकिने सो स्थान बाट करिव १...
सरकारी लगानीको चारसय वर्षको इतिहास बोकेको एकमात्र आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना पछिल्लो समय ओरालो लाग्दै

सरकारी लगानीको चारसय वर्षको इतिहास बोकेको एकमात्र आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना पछिल्लो समय ओरालो लाग्दै

समाचार, समाज
काठमाडौँ-करिब चारसय वर्षको इतिहास बोकेको सरकारी लगानीको एकमात्र आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना पछिल्लो समय ओरालो लाग्दै गएको छ । आन्तरिक व्यवस्थापकीय कमजोरी, राजनीतिकरण, समयमै कच्चा पदार्थ र प्याकेजिङ सामग्री आपूर्ति गर्न नसक्नु, आर्थिक तथा नीतिगत समस्यालगायतका कारण पछिल्लो समय वैद्यखाना निरन्तर ओरालो लाग्दै गएको हो । सरकारले २०५१ सालमा वैद्यखाना विकास समितिमार्फत सञ्चालनमा ल्याएको भए पनि वैद्यखाना झन खस्किँदै गएको छ । समितिले वैद्यखानाको विविधीकरण र विस्तार गर्दै १० वर्षमा २५ करोड रुपैयाँ बराबरको उत्पादन गर्ने लक्ष्य लिएको थियो । व्यवस्थापन पक्षले लक्ष्यअनुसारको योजना बनाउन नसक्दा उक्त लक्ष्य कागजमा मात्रै सीमित हुन पुगेको छ । विगतमा सिंहदबार वैद्यखानाले स्वदेशी जडीबुटी प्रयोग गरेर १८५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गर्दै आए पनि विगत दुई-तीन वर्षदेखि २५-३० प्रकारका औ...
यस वर्षको भाइटीकाको उत्तम साइत मङ्सिर १ गते बिहान ११ः३७ बजे

यस वर्षको भाइटीकाको उत्तम साइत मङ्सिर १ गते बिहान ११ः३७ बजे

समाचार, समाज
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ । कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको ...
पत्रकार ऋषि धमलामा कोरोना भाइरस संक्रमण

पत्रकार ऋषि धमलामा कोरोना भाइरस संक्रमण

समाचार, समाज
 पत्रकार ऋषि धमलामा कोरोना भाइरस संक्रमण देखिएको छ । आइतबार धमलाले सामाजिक सञ्जालले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनमा कन्ट्रयाक ट्रेसिङका आधारमा परीक्षणमा कोभिड रिपोर्ट पोजेटिभ आएको बताएका छन् । धमलाले फेसबुकमा भनेका छन्, ‘कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको ९कोभिड–१९० स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला ।’ ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसन,एक सहसचिव, चार उपचिव, अधिकृतलगायत विभिन्न कर्मचारीहरु पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसन,एक सहसचिव, चार उपचिव, अधिकृतलगायत विभिन्न कर्मचारीहरु पक्राउ

समाचार, समाज
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ। आयोगले आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको विभिन्न अपरेसनमा एक सहसचिव, चार उपचिव, अधिकृतलगायत विभिन्न कर्मचारीहरु पक्राउ परेका छन्। काम लिएर विभिन्न कार्यालय पुगेका सेवाग्राहीको कृत्रिम समस्या बनाई दुःख दिने र सहजीकरण गरिदिने भन्दै घुस÷रिसवत माग गरी भ्रष्टाचार गर्ने कर्मचारीहरुलाई आयोगले पक्राउ गर्ने गरेको छ। यसै क्रममा आयोगले घुस/रिसवत माग गर्ने सरकारी सेवामा कार्यरत निजामती कर्मचारी, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनरक्षक लगायत विभिन्न कार्यालयका कर्मचारी गरी ४८ जनालाई पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले चार, बर्दिबासले तीन, हेटौँडाले दुई, पोखराले दुई, बुटवलले आठ, सुर्खेतले एक, कञ्चनपुरले दुई, टङ्गालल...
महानगरीय ट्राफिक प्रहरी महाशाखाको ट्राफिक सचेतना अभिवृद्धिको लागि सांगीतिक डमी अभियान शुभारम्भ

महानगरीय ट्राफिक प्रहरी महाशाखाको ट्राफिक सचेतना अभिवृद्धिको लागि सांगीतिक डमी अभियान शुभारम्भ

समाचार, समाज
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि सांगीतिक डमी अभियान शुभारम्भ गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले आज शनिवार एक कार्यक्रमका वीच उक्त अभियानको शुभारम्भ गरेका हुन् । सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाई सडक सभ्यता अभिबृद्धि गर्न र सडक दुर्घटना न्यूनिकरण गर्नका लागि गत भाद्र १६ गतेदेखि यस महाशाखाले काठमाण्डौं महानगरपालिकाको सहयोगमा काठमाडौ उपत्यकाको विभिन्न सडक छेउमा ४५ वटा ट्राफिक डमी राखिसकेको छ । सो अभियानलाई अझ थप प्रभावकारी बनाउन तथा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने आजदेखि सांगीतिक डमी अभियान महाशाखाले शुभारम्भ गरेको छ । ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले गीत सङ्गीत भनेको हरजनको हरपरिस्थितिको साहारा, अत्यन्तै प्रीय साथी भएकोले गीत सङ्गीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा चाल...