आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

पाँचथरको फिदिम नगरपालिका–४ मा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति

पाँचथरको फिदिम नगरपालिका–४ मा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति

समाचार, समाज
पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति भएको छ। मङ्गलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो। आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करीब रु. एक लाख, पाँच तोला सुनसमेत जल्दा करीब रु १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। आगलागी फिदिम नगरपालिकाका दुई वटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ।रासस ...
राष्ट्रिय योजना आयोगद्वारा  आर्थिक वर्ष २०७७ र ०७८ को प्रथम चौमासिक प्रगति समीक्षा

राष्ट्रिय योजना आयोगद्वारा आर्थिक वर्ष २०७७ र ०७८ को प्रथम चौमासिक प्रगति समीक्षा

समाचार, समाज
राष्ट्रिय योजना आयोगद्वारा आयोजित मन्त्रालयहरूको आर्थिक वर्ष २०७७ र ०७८ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकको दोस्रो दिन मङ्गलबार विभिन्न मन्त्रालयले आआफ्नो प्रस्तुति दिएका छन् । बैठकमा कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, खानेपानी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपुर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रस्तुति गरेका हुन् । राष्ट्रिय विकास समस्या समाधान उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलको अध्यक्षतामा बसेको भर्चुअल बैठकले चौमासिक प्रगति समीक्षा गर्दै आवश्यक सुझाव र निर्देशनसमेत दिएको छ । बैठकमा कृषि मन्त्रालयका सचिव योगेन्द्र कार्की, वन मन्त्रालयका सचिव विश्वनाथ ओली, खानेपानी मन्त्रालयका सचिव मधु बेलबासे, पर्यटन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, उद्योग मन्त्रालयका सचिव वैकुण्ठ अर्याल र श्...
जनकपुर विमानस्थल सङ्घ, प्रदेश र स्थानीय तहको मित्रताको सेतु र सुन्दर उपहार:संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई

जनकपुर विमानस्थल सङ्घ, प्रदेश र स्थानीय तहको मित्रताको सेतु र सुन्दर उपहार:संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई

समाचार, समाज
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जनकपुरधामको उच्चतम ढङ्गले पूर्वाधारको विकासका लागि सरकार क्रियाशील रहेको बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जनकपुर विमानस्थलमा निर्माण गरिएको टर्मिनल भवन र कन्ट्रोल टावरको आज मन्त्री भट्टराईले उद्घाटन गर्दै उद्घाटित भवन र टावर सङ्घ, प्रदेश र स्थानीय तहको मित्रताको सेतु र सुन्दर उपहार भएको धारणा राखे । सङ्घ र प्रदेश नं २ सरकारबीच घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्दै उनले ‘निर्माण गरिएको भवन र टावर सङ्घीयताको विशेषतासँग गाँसिएको प्रतीक हो’ भने । सभ्यता र संस्कृतिको केन्द्र भएको जनकपुरधामको गरिमा र महत्व सन्दर्भमा जनकपुर विमानस्थलको नाम जनकपुरधाम विमानस्थल नामकरण राख्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउँदै भन्दै उनले यसका लागि नीतिगत प्रक्रिया अघि बढाउनु आवश्यकता औंल्याए। मन्त्री भट्टराईले जनकपुरधामबाट अन्तरप...
बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण अलपत्र

बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण अलपत्र

समाचार, समाज
बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण अलपत्र परेको छ । मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ बजारमा अभाव भएसँगै पुनःनिर्माणमा ढिलाइ भइरहेको बताइएको छ । पुनःनिर्माणका लागि आठ बाइ आठ, छ बाइ छ, चार बाइ छ र चार बाइ चार प्रकारका काठ आवश्यक पर्ने हुन्छ । बजारमा ती प्रकारका काठ पाउन नसकिएको रातो मच्छिन्द्रनाथ मन्दिर उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यले बताए । उनले भने, “हामीले पुरातात्विक महत्वका विगत मन्दिरमा प्रयोग गरिएका ३३ प्रकारका इँटा भेट्यौँ । यसमा अझै एक प्रकारको इँटा खोज्ने र त्यो नपाए खरिद गरेर भए पनि प्रयोग गर्नुपर्ने छ ।” सो प्रकारको काठ र इँटा मन्दिर पुनःनिमार्णमा प्रयोग गर्दा पर्न जाने करालो अर्थात भिरालो आफै मिल्ने र लामो समयसम्म पानी वा घामलेसमेत असर गर्न नसक्ने शाक्यले जानकारी गराए । उक्त मन्दिरको एक तला पुनःनिर्माण सम्पन्न भइसकेको छ भने गारो लगाउने का...
सर्वोच्च शिखर सगरमाथाको नयाँ आधिकारिक उचाइ ८८४८.८६ मि सार्वजनिक

सर्वोच्च शिखर सगरमाथाको नयाँ आधिकारिक उचाइ ८८४८.८६ मि सार्वजनिक

समाचार, समाज
सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक भएको छ । नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र चीन दुवै देशका लागि संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । ८६ सेन्टिमिटरको वृद्धिपश्चात् अहिले सगरमाथाको उचाइ ८८४८.८६ मि कायम भएको छ । सार्वजनिकरण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र मन्त्री ज्ञवाली मार्फत् चीनका राष्ट्रपति सी चिनफिङलाई सन्देश पठाएकी थिइन् । राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति चिनफिङलाई पठाएको सन्देशमा चीन र नेपाल असल मित्र, निकट छिमेकी र विश्वसनीय सहयात्री भएको उल्लेख गरिएको छ । ‘वर्षौंदेखि समझदारी, आपसी सहयोग, सहकार्य मार्फत् पारस्परिक सम्बन्ध कायम गर्दै आएका चीन र नेपालले शान्तिपूर्ण सह–अस्तित्वको सिद्धान्त आत्मसाथ गर्ने मात्र होइन असल मित्रता पनि स्थापित गर्दै आएका छन्,’ राष्ट्रपतिलाई उद्धृत गर्...
सर्वोच्च अदालतले जग्गाको कित्ताकाट गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको निर्णय खारेज

सर्वोच्च अदालतले जग्गाको कित्ताकाट गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको निर्णय खारेज

समाचार, समाज
सर्वोच्च अदालतले जग्गाको कित्ताकाट गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको निर्णय खारेज गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र राणा र न्यायाधीश मनोज शर्माको इजलासले जग्गा रोक्काको निर्णय खारेज गर्न माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै उक्त निर्णय जारी गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ। अधिवक्ता सन्तोष भण्डारीले दिएको रिटमाथि दुवै पक्षको बहस सुनेर सर्वोच्चले यस्तो निर्णय गरेको हो। भू-उपयोग ऐन २०७६ दफा ८ ले जुन प्रयोजनको लागि तोकिएको जग्गा हो, त्योबाहेक अर्को कामका लागि उक्त जग्गा प्रयोग गर्न नपाइने भनेको छ। सरकारले कित्ताकाट गर्ने निर्णय उक्त कानुनविपरीत भएको भन्दै अधिवक्ता भण्डारीले रिट दायर गरेका थिए। भूमि व्यवस्था मन्त्रालयले गत भदौ १८ गते जग्गाको कित्ता गर्न पाइने निर्णय गरेको थियो। सरकारले २०७३ देखि जग्गा कित्ताकाट गर्न रोक लगाएको थियो। उ...
कोरोना सङ्क्रमणका कारण उडान प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी गुमायो

कोरोना सङ्क्रमणका कारण उडान प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी गुमायो

समाचार, समाज
कोरोना सङ्क्रमणका कारण उडान प्रभावित भएपछि देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी गुमाएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार २०७६ चैतदेखि २०७७ कात्तिकसम्म विमानस्थलको आम्दानी एक अर्ब १९ करोड रुपियाँ मात्र पुगेको छ । जब कि २०७५ चैतदेखि कात्तिकसम्म विमानस्थलले छ अर्ब १९ करोड ७५ लाख रुपियाँ आम्दानी गरेको थियो । यस हिसाबले कोभिडको बीचमा विमानस्थलको आम्दानी पाँच अर्ब १७ लाख रुपियाँले घटेको तथ्याङ्क छ । कोभिड सङ्क्रमण नियन्त्रणस्वरूप सरकारले गत चैत ११ देखि निषेधाज्ञा जारी गरेको थियो । करिब पाँच महिना लामो निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फको नियमित उडान बन्द थियो । उडान नै नहुँदा विमानस्थलले नियमित किसिमका आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । मासिक औसत ५० करोड रुपियाँभन्दा ब...
सगरमाथाको नयाँ उचाई सार्वजनिक हुँदै

सगरमाथाको नयाँ उचाई सार्वजनिक हुँदै

समाचार, समाज
 नेपाल र चीन दुवै देशले आज सगरमाथाको उचाई गर्दैछन् । नापी विभागका अनुसार नेपालले आफ्नै जनशक्ति र प्रविधिको प्रयोग गरी चीनसँगको संयुक्त टोलीमा सगरमाथाको उचाई मापन गरेको हो । सर्वेक्षणबाट प्राप्त प्रतिवेदन भोली दुवै देशका सहमतिमा एकैपटक सार्वजनिक हुने विभागले जनाएको छ । यसअघि एकैपटक सार्वजनिक गर्नका लागि नेपाल सरकारले गरेको प्रस्ताव चीन सरकारले स्वीकार गरेको छ । दिउँसो करिब दुई बजेतिर नापी विभागमा नेपालतर्फबाट उचाई सार्वजनिक हुनेछ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको नापी विभागले जनाएको छ । दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो । यसका लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो । ...
दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान  यस वर्ष कोरोना महामारीका कारण नपाइने

दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नपाइने

समाचार, समाज
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ । त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा यस वर्ष कोरोना महामारी फैलन सक्ने हुँदा भौतिक दूरी कायम गरी दीप दान गर्न असम्भव हुने देखिएकाले बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । त्रयोदशीको बेलुकीदेखि दीपदान गर्न नदिएपनि चतुर्दशीको बिहान भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर शतबीज छर्न सकिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । बाला चतुर्दशीसमेत भनिने यस पर्वका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने गरेका थिए । कोरोनाका कारण यस वर्ष बाला चतुर्दशीको अवसर पारेर मङ्सिर २७ र २८ गते पशुपति क्षेत्रमा लाग्ने मेला स्थगित गरिएको कोषले जनाए...
मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको औँल्याउँदै भविष्यमा सुधारको अपेक्षा

मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको औँल्याउँदै भविष्यमा सुधारको अपेक्षा

समाचार, समाज
राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रमममा संविधानको धारा, २९४ ९१० मा संवैधानिक निकायले आफूले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने कानूनी व्यवस्थाअनुरुप आयोगले वार्षिक प्रतिवेदन गरेको हो । प्रतिवेदनमा आव २०७६÷७७ मा परेका उजुरी, ती उजुरीउपर भएका छानबिन, अनुसन्धान विवरण, सरकारलाई गरेका सिफारिस तथा मानव अधिकार संरक्षण र संवद्र्धनका लागि भविष्यमा गर्नुपर्ने सुधारसम्बन्धी विवरणहरू समावेश गरिएको छ । प्रतिवेदनले देशको मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको औँल्याउँदै भविष्यमा सुधारको अपेक्षा गरिएको छ । आयोगको प्रतिवेदनले औँल्याएका विषयको कार्यान्वयन तथा नागरिकको मानव अधिकार संरक्षण र संवद्र्धनमा संवेदनशील हुन आयोगले सरकार तथ...