मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छु :महामन्त्री कोइराला

मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छु :महामन्त्री कोइराला

राजनीति, समाचार
असाेज १ काठमाडौं ।नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताउनुभएको छ । आज भिडियो सन्देश जारी गर्दै उहाँले अहिले आफू ओम अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार गरिरहेको र चाँडै नै निको भएर घर फर्किने बताउनु भएको हो । “ मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छ”, उहाँले भिडियो सन्देशमा भन्नुभएको छ । कोरोना भाइरस (कोेभिड १९)को सङ्क्रमण देखिएपछि उहाँ मङ्गलबार अस्पताल भर्ना हुनु भएको हो । होम आइसोलेसनमा रहनु भएका कोइरालालाई ज्वरो आएपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिनुभयो । महामन्त्री डा. कोइरालाको स्वास्थ्य अवस्थाबारे भ्रामक कुरा आएपछि अस्पतालले उहाँको भिडियो सन्देश जारी गरेको हो ।(रासस) ...
जयनगर-जनकपुर चल्ने रेल सेट भोली नेपाल आउने, दसैंअघि नै संचालन गरिने

जयनगर-जनकपुर चल्ने रेल सेट भोली नेपाल आउने, दसैंअघि नै संचालन गरिने

समाचार
असाेज १ काठमाडौं ।धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । कुनै पनि किसिमका समस्या नआएमा शुक्रबार रेल सेट जनकपुर आइपुग्नेछ । दुई देशको समझदारीअनुसार गर्नुपर्ने हुँदा कानूनी समस्या आउनसक्ने सम्भावना भए पनि सकेसम्म सबै बाधा फुकाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “उताबाट कुनै समस्या आए पनि हाम्रा तर्फबाट कुनै पनि समस्या छैन ।” भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट ल्याइएको हो । आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे । जयनगरदेखि धनुषाको कुर्थासम्म ३५...
रेल सेट शुक्रबार नेपाल आइपुग्ने

रेल सेट शुक्रबार नेपाल आइपुग्ने

समाचार
असाेज १ जनकपुर । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ।भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। कुनै पनि किसिमका समस्या नआएमा शुक्रबार रेल सेट जनकपुर आइपुग्नेछ।दुई देशको समझदारीअनुसार गर्नुपर्ने हुँदा कानूनी समस्या आउनसक्ने सम्भावना भए पनि सकेसम्म सबै बाधा फुकाइएको उनको भनाइ छ। उनले भने, “उताबाट कुनै समस्या आए पनि हाम्रा तर्फबाट कुनै पनि समस्या छैन।”भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट ल्याइएको हो । आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे । जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको सो ...
काठमाडौँको नयाँ बसपार्कमा बसका सिटमा किटनाशक औषधि छर्किदै

काठमाडौँको नयाँ बसपार्कमा बसका सिटमा किटनाशक औषधि छर्किदै

समाचार
असाेज १ काठमाडौं ।काठमाडौँको नयाँ बसपार्कमा बिहीबार बसका सिटमा किटनाशक औषधि छर्किदै । रासस
नेता वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यमा शपथ

नेता वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यमा शपथ

राजनीति, समाचार
असाेज १ काठमाडौं ।राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सिंहदरबारमा नेता वामदेव गौतमलाई सदस्यताको पद तथा गोपनीयताको शपथ गराउँदै । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिहीबार माथिल्लो सदनका सदस्यमा मनोनयन गर्नुभएको थियो । रासस
घरभाडा छुुट दिने घरधनीलाई पुरस्कार दिइने

घरभाडा छुुट दिने घरधनीलाई पुरस्कार दिइने

समाचार
असाेज १ बागलुङ ।कोरोना महामारीका सन्दर्भमा नेपालमा पाँच महिना व्यवसाय ठप्प जस्तै भयो । गत चैतदेखि करिब पाँच महिना बन्दाबन्दी भएपछि व्यवसायीहरुको उठिबास नै लागेको छ । लामो समय व्यवसाय बन्द हुँदा व्यवसायीलाई घरभाडा तिर्न समस्या भएको छ । घरभाडा तिर्न नसकेर व्यवसाय बन्द गर्न थालेका व्यवसायीको राहतका लागि बागलुङ उद्योग वाणिज्य सङ्घले सक्रियता देखाएको छ । सङ्घले बन्दाबन्दी हुँदादेखि नै घरधनीहरुलाई भाडा छुट दिन आग्रह गर्दैसमेत आएको छ । हालसम्म बागलुङ बजारका झण्डै १५० घरधनीले घरभाडा छुटसमेत दिएका छन् । कोरोना भाइरसका कारण आफ्नै घरमा व्यवसाय गर्नेभन्दा भाडा तिरेर व्यवसाय सञ्चालन गर्नेलाई निकै समस्या सिर्जना भएको छ । सङ्घले घरभाडा छुट दिनेलाई प्रोत्साहन गर्न थालेको छ । सङ्घको आग्रह वा स्वतःस्र्फूत रूपमा घरभाडा छुट गरेका घरधनीहरुलाई सङ्घले प्रोत्सानस्वरुप सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको ह...
सार्क आर्थिक संयन्त्रलाई गतिशिल बनाउन नेपालको प्रस्ताव

सार्क आर्थिक संयन्त्रलाई गतिशिल बनाउन नेपालको प्रस्ताव

समाचार
असाेज १ काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका अर्थमन्त्रीहरुको १५ औँ अनौपचारिक बैठकमा नेपालले कोभिड–१९ का कारण सदस्य देशका अर्थतन्त्रमा गम्भीर असर परेको यथार्थ औँल्याउँदै सार्कका आर्थिक संयन्त्रलाई क्रियाशील बनाएर अर्थतन्त्रलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएको छ । मनिलास्थित एशियाली विकास बैंक (एडीबी)को प्रधान कार्यालयमा बुधबार भएको बैंकको ५३ औँ वार्षिक बैठकका सन्दर्भमा सार्क सचिवालय र एडीबीको समन्वयमा अप्रत्यक्षरुपमा बुधबार भएको उक्त बैठकमा नेपालले संयन्त्रको क्रियाशीलता तथा कोभिड–१९ को प्रभावबाट मुक्त हुन सदस्य राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारी अभिवृद्धि अपरिहार्य वास्तविकता औँल्याएको हो । अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बैठकमा भाग लिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले महामारी रोकथाम, नियन्त्र...
सरुवा भयाे ३४ उपसचिवको

सरुवा भयाे ३४ उपसचिवको

राजनीति, समाचार
असाेज १ काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ ।मंगलबार २५ र बुधबार ९ जना उपसचिवको स्थानीय तह र प्रदेशमा सरुवा गरेको हो । अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशाकीय अधिकृत बनाएर पठाइएको छ । यस्तो छ सरुवाहरुको सूची :
महानगरका १० वटा वडाको राजस्व प्रणाली आजबाट अनलाइनमा

महानगरका १० वटा वडाको राजस्व प्रणाली आजबाट अनलाइनमा

आर्थिक, समाचार
असाेज १ काठमाडौं । काठमाडौं महानगरपालिकाले आज देखि १० वटा वडाबाट राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लगेको छ । प्रणाली सञ्चालन गर्न कर्मचारीको क्षमता बिकास गर्दै आउँदो हप्ताभित्र सबै वडामा लागु गर्ने योजनासहित  वडा नं  २६ बाट सेवा सुरु गरिएको हो । वडा कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले स्थानीय करदाता सरस्वती सापकोटालाई प्रणालीबाट प्राप्त भएको रसिद हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरेका थिए  । राजस्व बिभागका निर्देशक शिवराज अधिकारीकाअनुसार आजबाट १, २, ३, ४, १०, १५, २६, ३० र ३१ मा प्रणाली प्रयोगमा आइसकेको छ । यस प्रणालीको पब्लिक पोर्टल करदाताका लागि हो भने कोर पोर्टल कार्यालयमा बस्ने अधिकारीका लागि हो । पब्लिक पोर्टलमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर, घर नक्सापास दस्तुरलगायतका सम्पूर्ण कर र दस्तुरका बारेमा विवरण भर्ने, प्रारम्भिक ...
मुख्यमन्त्री पौडेलको सपना भीमफेदी-कुलेखानी सुरुङ मार्गका लागि संघीय सरकार द्वारा कार्यदल गठन

मुख्यमन्त्री पौडेलको सपना भीमफेदी-कुलेखानी सुरुङ मार्गका लागि संघीय सरकार द्वारा कार्यदल गठन

समाचार
असाेज १ काठमाडौं ।बागमती प्रदेश सरकारले प्राथमिकतामा राखेर गौरवको योजनाका रुपमा अगाडी बढाएको  भीमफेदी -कुलेखानी सुरुङ मार्ग निर्माणका लागि  संघीय सरकारले निर्माण  कार्यदल गठन गरेको छ।भाद्र ९ गते भएको अर्थमन्त्री,भौतिक पूर्वाधार तथा यातायात मन्त्री ,बागमती प्रदेसका मुख्यमन्त्री,अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवको उपस्थितिमा भएको छलफलले संघीय र प्रदेस सरकारको सहलागनिमा निर्माण हुने उक्त सुरुङ मार्गको प्राविधिक ,आर्थिक र कानुनी पक्षको वारेमा अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो। भाद्र १५ गते भएको मन्त्रि स्तरको निर्णयमा एक महिना भित्र प्रतिवेदन बुझाउने गरि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह सचिव संयोजक र अर्थमन्त्रालयका सह सचिव ,प्रधानमन्त्री तथा मन्त्रि परिषदका सहसचिव ,बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव ,नेपाली सेनाका प्रतिनिधि र...