सशस्त्रका गोता खोरहरुको भत्ता बढ्यो
असाेज २ काठमाडाैं । नेपाल सरकारले नदी, खोला र पोखरीमा दुर्घटनाबस डुबेकाहरुलाई उद्धार गर्ने गोताखोरहरुको दैनिकभत्ता बढाइदिने निर्णय गरेको छ। जोखिमबढी सेवासुविधा कम पाएका कारण गोताखोरहरु काम छोड्दै हिँड्न थालेपछि उनीहरुलाई थुम्थुम्याउन दैनिकभत्तामा बृद्धि गरिएको हो।
गृहमन्त्रालयको प्रस्तावमा नेपाल सरकार मन्त्रिपरिषद्को आसोज १ गते बसेको बैठकले ती गोताखोरहरुको दैनिक भत्तामा रु तीनसय थप गरिदिने निर्णय गरेको हो। गोताखोरहरु सबै नै सशस्त्र प्रहरी बलका फौजीहरु हुन्।
सशस्त्र प्रहरी बलले चितवनको कुरिनटारमा विपत् व्यबस्थापन तालिम केन्द्र खोलेर आफ्ना इच्छुक फौजी युवाहरुलाई गोताखोरको तालिम दिँदै आएको छ। सशस्त्र प्रहरीसँग ४४ जना गोताखोरहरु कार्यरत रहेको अवस्थामा सेवा,सुविधा काम अनुसारको नभएको गुनासो गर्दै ७ जनाले जागिर नै छोडिदिएका थिए।
हाल सशस्त्रमा ३७ जना गोताखोरहरु कार्यरत छन्। त्रिशुलीलगायत...









