बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

च्याम्पियन्स लिग फुटबलमा लिभरपुलको लगातार जित

च्याम्पियन्स लिग फुटबलमा लिभरपुलको लगातार जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले लगातार जितको यात्रा कायम राखेको छ । समूह डी अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुलले एफी मिड्टजील्याण्डलाई २-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा डिओगो जोटा र मोहम्मद सालहले गोल गरेका हुन् । ५५ औँ मिनेटमा जोटा र इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा पाएको पेनाल्टीमा सालहले गोल गरी टिमलाई जित दिलाएका हुन् । लगातार दुई खेलमा जित निकालेको लिभरपुल ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । सोही समूहको अर्को खेलमा एट्लान्टा र अजाक्सले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएका अरु खेलमा बार्यन म्युनिखले लोकोमोटिभ मस्कोलाई २-१ तथा एथ्लेटिको मड्रिडले आरबी साल्जबर्गलाई ३-२ ले पराजित गरेका छन् । ...
आज कार्तिक १२गते बुधवारको भाग्य, (राशिफल)

आज कार्तिक १२गते बुधवारको भाग्य, (राशिफल)

राशिफल, समाचार
मेष – स्वास्थ्य र नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । मान–सम्मानमा ध्यान राख्नुपर्ला । हुन त घरपरिवारको स्थिति अनुकूलै रहला । यात्रामा सफलता मिल्नेछ । विकासको बाटो देखापर्ला । सुख–सुविधाको वस्तुमा खर्च बढ्नेछ । लोभलालचमा नपर्दा उचित रहला । योजना र बजेट बनाइ काम गर्नु बेस रहला । भूलचुक गरेमा भोलि पछुतोमा पर्नुपर्नेछ । लापरवाही नगर्दा बेस रहला । बृष – अन्न धन बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विकासको पथ बलियो बन्ने छ । व्यापारिक क्षेत्रमा नयाँ–नयाँ सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति पनि प्राप्त होला । आफन्तको सहयोग समर्थन मिल्नेछ । समयले साथ दिनेछ । विजयश्री प्राप्त होला । सुख–सुविधाको बस्तु बढ्नेछ । हर...
आज काठमाडौं उपत्यकामा मात्रै थप २५२ जनामा कोरोना संक्रमण पुष्टि

आज काठमाडौं उपत्यकामा मात्रै थप २५२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज गरिएको २ हजार ७२५ पीसीआर परीक्षणका क्रममा काठमाडौं उपत्यकामा ९७ जना महिला र १५५ जना पुरुष गरि कुल २५२ जना संक्रमित थपिएका हुन् । यसैबिच, नेपालमा पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८७६ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १६८ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख १८ हजार ८४३ रहेको छ । नेपालमा कुल संक्रमित मध्ये ७४.१ प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् । ...
बैंकिङ कसुर  ठहर भएका फरार अभियुक्त एक वर्षपछि आज पक्राउ

बैंकिङ कसुर ठहर भएका फरार अभियुक्त एक वर्षपछि आज पक्राउ

अपराध, समाचार
अदालतबाट दुई महिना कैद र रु एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि एक वर्षपछि आज पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बैंकिङ कसुरसम्बन्धी अभियोगमा गत पुस १४ मा उच्च अदालत, विराटनगरको इजलासले कनकाइ नगरपालिका ३ निवासी ५५ वर्षीय राजेन्द्रप्रसाद प्रसाईँलाई एक महिना कैद र रु २५ लाख बिगोसहित दुवै सजाय तोकेको थियो। प्रसाईंकै नाममा सुरेन्द्रकुमार उप्रेतीले दिएको जाहेरीका आधारमा सोही मुद्दामा सो अदालतले ०७६ पुस २१ गते एक महिना कैद र रू ९० लाख बिगोसहित दुवै सजाय फैसला गरेको थियो। प्रवक्ता थापाले कार्यालय खुलेपछि प्रतिवादीलाई अदालतमा उपस्थित गराइ थप कानूनी कारबाही अघि बढाइने बताए। झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अभियुक्तलाई आफ्नै गाउँबाट पक्राउ गरेको थापाले जानकारी बताए। प्रसाईँलाई कार्यालय खुलेपछि अदालत...
कम्प्युटर प्रसेसर उत्पादक कम्पनीहरु एएमडी र झिलिङ्क्स एक हुने

कम्प्युटर प्रसेसर उत्पादक कम्पनीहरु एएमडी र झिलिङ्क्स एक हुने

अन्तराष्ट्रिय, आर्थिक, समाचार
 चिप्स उत्पादक कम्पनी एएमडीले झिलिङ्क्स नामको अर्को चिप्स उत्पादक कम्पनीलाई ३५ अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको छ । यो खरिदसँगै अर्को विश्व प्रसिद्ध चिप्स उत्पादक कम्पनी इन्टेलसँगको प्रतिस्पर्धा अरु तिब्र हुने अनुमान गरिएको छ । झिलिङ्क्सलाई एएमडीमा गाभेसँगै यसको शेयर बजारको अनुपात पनि टुंगो लागेको छ । झिलिङ्क्सका शेयरधनीले अब प्रतिशेयर १.७२३४ प्राप्त गर्ने छन् । एएमडीको शेयर हिस्सा ७४ प्रतिशत रहनेछ भने झिलिङ्क्सको करिब २६ प्रतिशत हुनेछ । एएमडीले उत्पादन गरेका प्रसेसर टेक्नोलोजीहरु सिपियू, जिपियू, एफपीजिए लगायत सफ्टवेयर संचालनमा उच्च गुणस्तर कायम हुनुका साथै बजारमा प्रभाव पार्नेछ । झिलिङ्क्सका प्रमुख कार्यकारी भिक्टर पेङले एएमडीसँगको सहकार्यले बजार विस्तारका साथै डेटा सेन्टर संचालनमा थप प्रगति हुने विश्वास व्यक्त गर्नुभयो । एएमडीका प्रमुख कार्यकारी डा लिसा सू ले संयुक...
देशभर पछिल्लो २४ घण्टामा ५७० जना कोरोना संक्रमित

देशभर पछिल्लो २४ घण्टामा ५७० जना कोरोना संक्रमित

समाचार, स्वास्थ्य
 पछिल्लो २४ घण्टामा देशभर ५७० जना कोरोना पोजेटिभ भेटिएका छन् ।संक्रमितमा २११ जना महिला र ३५९ जना पुरुष रहेका छन् । योसँगै कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ। संक्रमितमध्ये हालसम्म १ लाख १८ हजार ८४३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७२५ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ३१६८ जना निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ । योससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ । यस्तै सक्रिय संक्रमित ४० हजार ६३१ जना रहेका छन् । ...
दशैँका मुख्य दिनमा पनि रोकिएन निःशुल्क गुर्जो वितरण अभियान

दशैँका मुख्य दिनमा पनि रोकिएन निःशुल्क गुर्जो वितरण अभियान

समाचार
कात्तिक ११ काठमाडौं । नेपालीको महान् चाड वडादशैँका बेला पनि कोरोना भाइरसबाट संक्रमितलाई गुर्जोको बिरुवा, चिया र धुलो वितरणमा जुटे अभियानकर्मी कमलबहादुर राजलवट ।दशैँको मुख्य दिन विजयादशमीका दिन समेत उनले कोरोना संक्रमित भई घरमै आइसोलेसनमा बसी गुर्जोका सामग्री माग्नेलाई सम्बन्धित स्थानमै पुगेर वितरण गर्नुभएको छ । अभियानकर्मी राजलवटले हालसम्म एक लाखभन्दा बढी गुर्जोका बिरुवा निःशुल्क वितरण गरिसकेका छन् । आन्तरिक राजश्व कार्यालय लहानमा प्रमुख कर अधिकृत पदमा कार्यरत उनले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा बनाई देशव्यापी रुपमा निःशुल्क वितरण गरिरहनुभएको छ । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी वनस्पति गुर्जोको बिरुवा लगायत यसबाट बनेका सामग्री माग गर्नेको संख्या पनि हाल दिनप्रतिदिन बढिरहेको छ । महानवमी र विजयादशमीका दिन कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका ४५ जनालाई बिरुवा,...
राष्ट्रपति भण्डारीले परिवारसँग यसरी मनाइन् दशै‌

राष्ट्रपति भण्डारीले परिवारसँग यसरी मनाइन् दशै‌

समाचार
कात्तिक ११ काठमाडौं । हिन्दू नेपालीहरुले हिजो दशैंको टिका ग्रहण गरेका छन् । मान्यजनका हातबाट टिका र जमरा ग्रहण गर्न नभ्याएकाहरुले आज पनि टिका र जमरा ग्रहण गरिरहे्का छन् ।कोरोना महामारीका कारण यसपटक अधिकांशले घर मै सिमित रहेका दशैं मर्नाका छन् । प्रधानमन्त्री राष्ट्रपति लगायतले पनि यसवर्ष पारिवारिक रुपमा टिका लगाएका छन् ।गत वर्ष झै यसवर्ष प्रधानमन्त्री राष्ट्रपति पूर्व राजा लगायतले सर्वसाधारणलाई टिका लगाइर्दिनन् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातवाटा टिका ग्रहण गरेका थिए भने राष्ट्रपति भण्डारीले परिवारका सदस्यहरुसँग टिका लगाएर दशैं मनाएकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन सोमबार टीका र जमरा लगाउँदै परिवारसँग दशैं मनाएको तस्बिर राष्ट्रपति कार्यालयले मंगलबार बिहान सार्वजनिक गरेको छ।राष्ट्रपति कार्यालयको ट्विटर ह्यान्डलमार्फत त्यस्ता...
बलिउड अभिनेत्री माल्वी मल्होत्राको पेटमा छुरा प्रहार गरि हत्याको प्रयास

बलिउड अभिनेत्री माल्वी मल्होत्राको पेटमा छुरा प्रहार गरि हत्याको प्रयास

अन्तराष्ट्रिय, समाचार
बलिउड अभिनेत्री माल्वी मल्होत्राको हत्याको प्रयास भएको छ । उनलाई पेटमा छुरा प्रहार गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । चर्चित टेलिभिजन सिरियल उडानबाट परिचित अभिनेत्री माल्वीले कैयौं फिल्ममा पनि काम गरिसकेकी छिन् । अहिले उनलाई अस्पतालमा भर्ना गरिएको छ । माल्वीलाई पेटमा छुरा प्रहार गरिएको छ । पेटमा छुरा हानिसकेपछि ती व्यक्तिले माल्वीको अनुहारमा पनि आक्रमण गर्ने प्रयास गरेका थिए । माल्वीले अनुहार हातले ढाकेर बचाउने प्रयास गर्दा उनका दुवै हातमा पनि गम्भीर चोट लागेको छ । उनलाई ३ ठाउँमा गम्भीर चोट लागेको बताइउको छ । उनलाई अहिले अम्बानी अस्पतालमा भर्ना गरी उपचार भइरहेको समाचारमा जनाइएको छ । आक्रमणकारीको पहिचान भइसकेको छैन । आक्रमणकारीविरुद्धवर्सोवा पुलिस स्टेसनमा मुद्दा दर्ता गरी खोजी भइरहेको छ । आक्रमण किन गरियो भन्ने पनि अहिलेसम्म प्रस्ट हुन सकेको छैन । माल्वीले कलर्स च्यानलबाट प्रस...
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरूलाई अपिल

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरूलाई अपिल

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसविरुद्धको लडाइँमा हार नखान सरकारहरूलाई अपिल गरेको छ। सङ्क्रमण बढिरहेको भए पनि यसविरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने उसको दृढता छ। तर भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरू तयार हुनुपर्ने भन्दै सङ्गठनले सचेत गराएको हो। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने र छोड्न नहुने बताए। डब्ल्यूएचओले अहिलेकै अवस्थामा यदि सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरेमा पूर्णरूपमा लकडाउन नगर्न पनि सकिने जनाएको छ । यसअघि पनि डब्ल्यूएचओले उत्तरी गोलार्द्धका मुलुकहरू ‘कठिन अवस्थामा’ रहेको भन्दै चेतावनी दिएको थियो। महानिर्देशक गेहब्रेयससले आउँदा केही महिना असाध्यै कठिन रहेको र...