प्रभु बैंकले ल्यायो ‘सहयात्रा समृद्धि’ कर्जा योजना
असोज ६ काठमाडौं । प्रभु बैंकले ‘सहयात्रा समृद्धि’को नामक कर्जा योजनाको शुभारम्भ गरेको छ ।कोरोना प्रभावित र समस्यामा परेका साना उद्यमी तथा व्यवसायी, स्वरोजगार उद्यमी, शिक्षित बेरोजगार युवा, विदेशबाट फर्केका वेरोजगार युवा, परम्परागत पेशा र व्यवसायमा संलग्न उद्यमीलाई लक्षित गर्दैं सहयात्रा समृद्धिको नामक कर्जा योजनाको आरम्भ गरेको हो ।
नेपाल राष्ट्र बैंकको सहुलियतपुर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधी २०७५ अन्तर्गत रहेर यो योजना ल्याइएको बैंकले जनाएको छ । कोरोनाका कारण दैनिक जीवन सञ्चालन गर्न नै समस्यामा परेका युवालाई राहात दिने उद्देश्यले यो योजना ल्याइएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।
कर्जा योजनाले विद्यमान आर्थिक कठिनाइ व्यवस्थापन गर्न र यस महामारीमा उनीहरुको शेरचनले बताए । पहिलो चरणमा उपत्यकाभित्रमा महिला सफा टेम्पो चालकलाई एक लाख रुपैय...








