बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

माैसम

अत्याधिक चिसोले हुम्लामा पानीको धारामा बरफ जम्न थाल्यो

अत्याधिक चिसोले हुम्लामा पानीको धारामा बरफ जम्न थाल्यो

माैसम
कात्तिक २४ सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको छ । बाल्टिनलगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानीसमेत जमेर बरफ हुनथालेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल हुम्लाका प्रहरी निरीक्षक तथा बिओपी हिल्साका प्रमुख सुरज केसीले जानकारी दिए । यहाँको तापक्रम माइनसमा झरेकाले खानेपानीका धारामै बरफ जमेको छ । दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बिलाउने गरेको हो । हिल्सामा होटल व्यवसायी कोही नभए पनि सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी रहँदै आएको केसीले जानकारी दिए । चिसो बढ्दै गएपछि हिल्सा प्रहरी चौकीले मङ्सिर पहिलो...

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनसमा

माैसम
कात्तिक २२ काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ। शुक्रबार काठमाडौँको न्युनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो । आज काठमाडौँ उपत्यकामा यस वर्ष जाडो शुरु भएदेखिकै सबैभन्दा कम तापक्रम मापन भएको हो । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अबको केहीदिन देशभर तापक्रम निरन्तर घट्दै जाने क्रममा रहेको छ। “दिउँसो घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ”, मौसमविद् मानन्धरले भने, “केही दिन तराईमा पातलो कुइरो लाग्ने र पहाडमा लामो समय पानी नपरेकाले तुवाँलोले दृश्यता कमजोर बनाउनेछ।” मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहनेछ। त्यस्तै आज सबैभन्द...
देशभर तापक्रम घट्दो क्रममा छ, चिसो बढ्दो छ

देशभर तापक्रम घट्दो क्रममा छ, चिसो बढ्दो छ

माैसम, समाचार
देशभर दिनप्रतिदिन तापक्रम बढ्दै गएको मौमसविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार आज (बिहीबार) बिहान ६ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम ११.४ डिग्री सेल्सियस देखिएको छ। ‘हिजो र आज उस्तै तापक्रम देखिएको छ,’ मौसमविद् अर्यालले बिहीबार बिहान नेपालखबरसँग भने, ‘अस्तिसम्म चाहिँ उपत्यकाको तापक्रम १५.४ डिग्री देखिएको थियो।’ मौसमविद्का अनुसार सबैभन्दा बढी चिसो जुम्लमामा छ। एक दुई दिनअघि त्यहाँको न्यूनतम तापक्रम माइनसमा झरेको थियो। तर बुधबार फेरि १ मा उक्लिएको महाशाखाको तथ्यांकले देखाएको छ। ‘जे होस्, अहिले देशभर तापक्रम घट्दो क्रममा छ, चिसो बढ्दो छ,’ मौसमविद् अर्यालले भने। ...
आज केही ठाउँमा वर्षाको सम्भावना

आज केही ठाउँमा वर्षाको सम्भावना

माैसम, समाचार
 आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको केहीस्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएक छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने मौसमविदले बताएका छन्। प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छमहाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। आइतबार राति&nbs...
देशभरको मौसममा सामान्य बदली, कतिपय स्थानमा पानी पर्ने सम्भावना

देशभरको मौसममा सामान्य बदली, कतिपय स्थानमा पानी पर्ने सम्भावना

माैसम
असोज १६ काठमाडौं । देशभर शुक्रबार दिउँसोको मौसममा सामान्यदेखि आंशिक बदली भएर केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको हो। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। शुक्रबार राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। अहिले बिहानीपख देशका पहाडी भूभाग लगायत प्रदेश १ र प्रदेश ...
झरी घट्दै, घाम लाग्दै

झरी घट्दै, घाम लाग्दै

माैसम
असोज १२ काठमाडौं ।लगातार पानी पर्ने क्रम विस्तारै घटेसँगै नेपालबाट मनसुन बाहिरिने क्रममा रहेको मौसमविदले बताएका छन् । अबको केही दिन लगातार ठूलो पानी नपर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अघिल्लो वर्ष भन्दा केहि लम्बिएको यो वर्षको मनसुन विस्तारै बाहिरिने संकेत देखिन थालेको महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताएका छन् । भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । मौसमविद् अर्यालका अनुसार मनसुन सकिने लक्षण देखिन थालेकाले अबको एक हप्ताभित्र मनसुन बाहिरिने अनुमान छ । पश्चिमबाट पूर्वतिर हावा सर्न थालेको उनले बताएका छन् । यस्तै देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिने छ ...
आज देखि सफा हुँदै जाँने

आज देखि सफा हुँदै जाँने

माैसम
असोज १० काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक बुलेटिन निकालेर भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र उत्तरपूर्व सर्ने क्रममा रहेकाले आज बेलुकादेखि मौसम सफा हुँदै जाने जनाएको छ । हाल देशको कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज राति प्रदेश नं १, प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा तथा प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार...
आजदेखि खुल्यो मौसम

आजदेखि खुल्यो मौसम

माैसम
असोज ९ काठमाडौं। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा आज बिहानैदेखि मौसम खुलेको छ ।आजदेखि पानी कम पर्दै जाने पनि मौसमविद्ले बताएका छन् । हिजो र अस्ति देशभरि नै झरी पारेको प्रणाली कमजोर हुँदै गएकाले आजदेखि पानी कम पर्दै जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । केही स्थानमा भने ठूलो पानी पर्ने सम्भवना रहेको उनले बताए । मौसमविद पौडेलका अनुसार प्रदेश १ र २ का थोरै तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । तर हिजो अस्तिको जस्तो लगातार झरीको सम्भावना नरहेको उनको भनाई छ । महाशाखाका अनुसार सुदूरपश्चिमबाट मौसम खुल्दै गएको छ । तर देशभरिकै मौसम पूर्णरुपमा खुल्न भने समय लाग्नेछ । आज दिउँसो एकैछिन घाम लागे पनि फेरि बादल लाग्न सक्छ । भोलिदेखि भने मौसम खुल्दै जानेछ । ...
आज पनि दिनभर  पानी परिरहने मौसम विदको अनुमान

आज पनि दिनभर पानी परिरहने मौसम विदको अनुमान

माैसम
असोज ९ काठमाडौं। विगत केही दिनदेखि परिरहेको झरी शुक्रबार पनि कायमै रहने भएको छ।देशभर शुक्रबार दिउँसोको मौसममा सामान्य देखि अधिकांश बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक दुर्इ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । शुक्रबार राति पनि देशभर सामान्य देखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान भारी वर्षाको समेत सम्भावना रहेको छ। अहिले बिहान देशभर सामान्य बदली रही प्रदेश नम्बर १ प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ ...
आज कहाँ – कहाँ भारी वर्षा ? तीन दिनको मौसम हेर्नुहोस्

आज कहाँ – कहाँ भारी वर्षा ? तीन दिनको मौसम हेर्नुहोस्

माैसम
असोज ७ काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोकारण महाशाखाले सर्तकता अपनाउन आग्रह गरेको छ। सबै प्रदेशका थोरै–थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १–२ स्थानहरुमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ। बिहीबारको मौसम : देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा ...