आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अपराध

नक्कली भिसा देखाएर क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

नक्कली भिसा देखाएर क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

अपराध
असोज २९ काठमाडौं । महानगरीय अपराध महाशाखाले नक्कली भिसा देखाएर क्रोएसिया पठाउने भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सप्तरी डाक्नेश्वरी नपा ६ औरही स्थायी ठेगाना भएका मोहम्मद सहजाद आलम र सिन्धुली कमलामाई नपा ११ भिरगाँउका सुकवान वाईबा  रहेको अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । उनीहरुले  क्रोएसियामा राम्रो रोजगारीको प्रलोभन देखाएर ९ जनासँग प्रतिव्यक्ति ३ लाख ७ हजारका दरले रकम असुलेको खुलेको छ ।उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि महाशाखाले प्रहरी परिसर काठमाडौं पठाइएको छ । ...
ग्लोबल आइएमई बैंकका सुरक्षागार्ड माथि खुकुरी प्रहार

ग्लोबल आइएमई बैंकका सुरक्षागार्ड माथि खुकुरी प्रहार

अपराध
असोज २९ काठमाडौं । मध्यबानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षागार्ड रुद्र मगरमाथि खुकुरी प्रहार भएको छ ।बैंकमा आएका सेवाग्राहीको लाइन मिलाउने क्रममा भएको विवादपछि एक जनाले मगरकै खुकुरी खोसेर प्रहार गरेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।  घाइते मगरको उपचार सिनामंगलस्थित केएमसीमा भइरहेको छ । खुकुरी प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको उनले बताए ।  ...
सञ्चार सेट बोकेर हिड्ने नक्कली प्रहरी पक्राउ

सञ्चार सेट बोकेर हिड्ने नक्कली प्रहरी पक्राउ

अपराध
असोज २९ काठमाडौं । सञ्चार सेट बोकेर हिड्ने नक्कली प्रहरी पक्राउ परेका छन् ।पक्राउ पर्ने २८ वर्षीय गोबिन्द खड्का छन् । रामेछाप खाँडोदेबी गाउँपालिका– ६ स्थायी ठेगाना भएका उनी काठमाडौँको टोखा नगरपालिका बाँनियाटार बस्दै आएका थिए । हार्डवेयर सामान डेलिभरीको काम गर्ने उनलाई सिंगापुरे १४४ एमएचजेडको सञ्चार सेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट सञ्चार सेटसहित गोबिन्द खड्का नाम लेखिएको नेमप्लेट, प्रहरीको यूनिफर्म, सिठी, मोटरसाइकल र विभिन्न ब्राण्डका मोबाइल बरामद गरेको छ । राति व्यवसाय चलाउने ठाउँमा गएर प्रहरी भन्दै धम्क्याउने उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ...
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुई जना पक्राउ

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुई जना पक्राउ

अपराध
असोज २६ काठमाडौं । प्रहरीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले यही असोज २० गते त्रिवि परिसरभित्र त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने दुई जनालाई कोटेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिरहा गोलबजारका २३ वर्षीय रुपेश साह र सिरहाकै २४ वर्षीय रवीनकुमार लामा छन् । परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरले उपप्राध्यापक चलाउनेलाई साङ्घातिक हमला गरेर फरार रहेका साहलाई कोटेश्वर र लामालाई सिरहाबाट पक्राउ गरिएको जानकारी दिनुभयो । (रासस) ...
सिन्धुपाल्चोकमा दुई जना एक किलो नक्कली सुनसहित पक्राउ

सिन्धुपाल्चोकमा दुई जना एक किलो नक्कली सुनसहित पक्राउ

अपराध, समाचार
सिन्धुपाल्चोकमा एक किलो नक्कली सुनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले एक किलो सुन जस्तो देखिने धातुसहित बाह्रबिसे नगरपालिका-२ बस्ने १९ वर्षीय उमेश तामाङ र २६ वर्षीय अर्जुनबहादुर तामाङलाई पक्राउ गरेको छ। सुनकोशी गाँउपालिका-७ डेढ किलोबाट जामुनेतर्फ जाने बाटोमा अवैध कारोबार हुँदैछ भन्ने खबर प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । सोही खबरको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोली आइतबार दिउँसो पक्राउ गरेको हो । पहिले प्रहरीले उमेश तामाङलाई पक्राउ गरेको थियो। उनीबाट एक किलो लेखिएको सुन जस्तो देखिने पहेंलो धातु फेला पारेको थियो। सुन पसलमा जाँच गराउँदा उक्त धातु पित्तल भएको खुलेको हो। फरार भएका अर्जुनलाई प्रहरीले लिसंखुपाखर गाँउपालिका-६ लामिडाँडाबाट पक्राउ गरेको थियो। उनको प्रदेश...
भन्सार छलि ल्याएको कपडा बरामद

भन्सार छलि ल्याएको कपडा बरामद

अपराध
असोज २६ चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलेर ल्याएको चार लाख ७५ हजार बराबरको कपडासहित ट्रक नियन्त्रणमा लिएको छ । प्रहरी प्रवक्ता सूर्यबहादुर थापाका अनुसार लु २ ख ३४० नम्बरको ट्रकमा भन्सार छलेर ल्याएको ९५० थान कुर्ता सलवार बरामद गरिएको हो । भरतपुर महानगरपालिका-३ शहीदचोक नजिक चेकजाँचको क्रममा हिजो ती सामान बरामद गरिएको हो । बरामद गरिएका कपडा, ट्रक, चालक नवलपरासीपश्चिम सरावल गाउँपालिका९३ का ३७ वर्षीय रामबहादुर चौधरी र ३५ वर्षीया मिना केसीलाई थप अनुसन्धान तथा कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको छ । ...
कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम अपचलनको अभियोगमा एक भारतीय व्यापारी पक्राउ

कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम अपचलनको अभियोगमा एक भारतीय व्यापारी पक्राउ

अपराध, समाचार
कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रकम अपचलन गरेको अभियोगमा फरार रहेका एकजना भारतीय व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत चम्पावत जिल्लाको बनबासाका ५५ वर्षीय ब्यापारी सुशील गर्ग रहेको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)   ले जनाएको छ। उनलाई नेपाल भारत सीमा क्षेत्रबाट प्रक्राउ गरिएको हो  उनी बनबासा मिना बजारमा चप्पलको व्यापार गर्ने गरेको प्रहरीले जनाएको छ । गर्गलाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएको थियो। तर नेपाल प्रहरीले भने गर्गलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको जनाएको थियो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ९डीएसपी० अमर बहादुर थापाका अनुसार भारतीय व्यापारी सुशीललाई कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरिएको हो। प्रहरी स्रोतका अनुसार कृषि विकास बैंक लहान शाखाको सिस्टम ह्याक गरी पाँच करोड रुपैयाँ अपचलन गरेको अ...
भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाइयाे

भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाइयाे

अपराध
असोज २४ काठमाडौं । भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाएर मारिएको छ।बीबीसी हिन्दीका अनुसार राजस्थानस्थित करौली जिल्लाको सदरमुकामबाट करिब ४ किलोमिटर टाढाको बुकाना गाउँमा जमिनबारे विवादका क्रममा पुजारीको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको हो। जलेर घाइते पुजारीको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको छ।करौली प्रहरीका अधिक्षक मृदुल कच्छावाका अनुसार पाँच जनाविरुद्ध पुजारी बाबुलाल वैष्णवलाई त्यसरी जिउँदै जलाएको आरोप लागेको छ। आरोपितमध्ये मुख्य अभियुक्त कैला मिणालाई पक्राउ गरिएको उनले बीबीसीसँग बताएका छन्। बाँकी आरोपितको पनि खोजी भइरहेको करौली प्रहरीले जनाएको छ।जग्गा विवादका क्रममा ती पुजारीको हत्या भएको उनले पुष्टि गरेका छन्। विवादबारे दुवै पक्षले प्रहरीलाई जानकारी नदिएको र घटना अचानक भएको प्रहरीको दाबी छ। ...
एक लाख घुससहित पक्राउ परेकी सहायक रजिस्ट्रारलाई चार महिना कैद

एक लाख घुससहित पक्राउ परेकी सहायक रजिस्ट्रारलाई चार महिना कैद

अपराध
असोज २४ काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयकी सहायक रजिस्ट्रार गीताकुमारी पन्थी पनि दोषी ठहर भएकी छिन् । उनलाई विशेष अदालतले चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । २३ माघ ०७५ मा पन्थीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । काठमाडौंको एक निजी स्कुलका सञ्चालक कर तिर्न जाँदा कर घटाइदिने भन्दै उनले त्यसबापत एक लाख रुपैयाँ घुस लिएकी थिइन् । सो पैसा बैंकमा जम्मा गर्न जाने क्रममा उनी पक्राउ परेकी थिइन् । पैसा उनको छोरीको साथबाट बरामद भएको थियो । नयाँ पत्रिका दैनिकबाट ...
डलर साट्ने बाहनामा ठगी गर्ने गिरोहका नाइके मोटरसाइकलसहित पक्राउ

डलर साट्ने बाहनामा ठगी गर्ने गिरोहका नाइके मोटरसाइकलसहित पक्राउ

अपराध
असोज २३ भक्तपुर। सस्तोमा डलर साट्ने बहानामा विभिन्न व्यक्ति ठगि गर्ने गिरोहका मुख्य नाइके सिन्धुपाल्चोक बाह्रबिसे नपा–२ का कमल खड्कालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ । यही असोज १८ गते मध्यपुरथिमिस्थित दिब्यश्वरी टाउन प्लानिङमा सस्तोमा डलर साट्न आएका बालाजुस्थित बिजी मलमा ब्यापार गर्ने प्रकाश बुढाथोकीको बा.१५च ४०५ नम्बरको गाडीको सिसा फुटाएर रु चार लाख लुटेर भागेका खड्कालाई प्रहरीले सानोठिमीबाट पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिनुभयो । यही असोज २० गते नै घट्नामा संलग्न रहेकामध्ये सिन्धुपाल्चोक बाह्रबिसेका ३१ वर्षीय धनबहादुर भण्डारी र लुटेरा समूहलाई डलर उपलब्ध गराउने ट्याक्सी चालक सञ्चबहादुर योञ्जनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले खड्काको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत ठिमी र अपराध अनुसन्धान महाशाखाको टोलीले सानोठिमीस्...