शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

बलिउड अभिनेता आयुष्मान खुराना परे सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा

असोज ८ काठमाडौं।सबैभन्दा प्रभावशाली व्यक्तित्वको सूचीमा बलिउड अभिनेता आयुष्मान खुराना पर्न सफल भएका छन् ।टाइम्स म्यागेजिनको वर्ष २०२० को १०० प्रभावशाली व्यक्तिका रुपमा उनी पर्न सफल भएका हुन् ।

यो वर्ष टाइम म्यागेजिनमा पर्ने उनी एक मात्रै अभिनेता हुन्। उनले यो खबरबारे आफ्नो इन्स्टाग्राममा पुष्टि गरेका हुन् ।‘टाइमको विश्‍वका १०० सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल भएकोमा गर्व महसुस भइरहेको छ’ उनले भनेका छन् ।

खुराना प्रभावशाली व्यक्तिमा सूचीकृत भएपछि नायिका दीपिका पादुकोणले खुशी व्यक्त गरेकी छिन्।‘मैले खुरानालाई उनको पहिलो फिल्म विक्की डोनरबाट चिनेकी हुँ । उनी त्यसअघि पनि अलग अलग तरिकाले बलिउडको हिस्सा बनेका छन् । उनले निभाएका चरित्र सुन्दर यादगार रहेका छन्’, उनले लेखेकी छिन् ।

अधिकांश पुरुष कलाकार तागतवाला भूमिकामा फसिरहँदा खुरानाले यस्ता भूमिकालाई तोड्दै कयौं चुनौतीले भरिएका चरित्र निभाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *