शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

ओखलढुंगामा करेन्ट लागेर मोलुङ हाइड्रोका एक कर्मचारीकाे ज्यान गयो

असोज ७ काठमाडौं । ओखलढुंगामा करेन्ट लागेर हाइड्रोका एक कर्मचारीकाे ज्यान गएको छ । मोलुङ हाइड्रोमा कार्यरत सुपरभाइजर मोलुङ–१ कुन्तादेवीका २८ वर्षीय प्रमेश पौडेल खत्रीको करेन्ट लागेर ज्यान गएको हो ।

मोलुङ हाइड्रोको हाइटेन्सन लाइनको जम्पर हटाउन सिद्धिचरण नगरपालिका– १२ को भँडारेमा पोलमा चड्दा विद्युत् सर्ट हुँदा करेन्ट लागेर खत्रीको ज्यान गएको जिल्ला प्रहरी प्रमुख रूपेश खड्काले जानकारी दिएका छन  । मृत अवस्थामा विद्युतको पोलमा झुन्डिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खत्रीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *