आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

कोरोनाको भ्याक्सीनबारे बोले डब्ल्यूएचओका प्रमुख, के भने ?

असोज ७ काठमाडौं । कोरोना भाइरसको महामारीसँग लडिरहेको सारा विश्व अब भने यो महामारीबाट क्लान्त बनिसकेको छ । कोरोना भाइरसले भने अझै रोकिने छाँटकाँट समेत देखाएको छैन ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।कोरोना भाइरसका कारण हरेक दिन जसो हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

कोरोना वायरस वैक्सीन

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधोनम घेब्रेयेससले कोरोना भाइरसको टीका बनेपनि त्यसको केहि ग्यारेन्टी नरहको बताएका छन् ।

उनले मंगलवार यो जानकारी दिएका हुन् । विश्व् स्वास्थ्य संगठनसँग यस कुराको कुनै ग्यारेन्टी नरहेको उनले बताए । उनले भने, अहिले विकसित भईरहेका टिका कति काम गर्छन् भन्ने कुरामा कुनै ग्यारेन्टी छैन ।उनले २०० भ्याक्सीनमा काम भईरहेको जानकारी दिएका छन् ।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *