असोज ७ काठमाडौं । चाबाहिल क्षेत्रकै उत्कृष्ट नमुनाको रुपमा उदाएको विनायक सिद्ध कलेजमा शैक्षिक सत्रका ०७७।७८का लागि कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र संकाय र कानुन विषयमा भर्नाका शुरु भएको छ । साथै चाबाहिल एरियामा नै पहिलो कलेज जसले नेपाल सरकार अन्तरर्गत रहेको पाठ्यक्रम बुद्धिजम भन्ने बिषय सुरु गरेको छ । बुद्ध जन्मेको देश नेपालमा बुद्धले छाडेर गएको उपदेशको शिक्षा र ज्ञान विद्यार्थी भाईबहिनीहरुलाई दिन पाँउदा साह्रै खुसी लागेको क्याम्पस प्रमुख रामकृष्ण सिम्खडा बताउछन् । हाल कोभिड १९ का कारण अनलाइन मार्फत विद्यार्थीहरुले दर्ता गरेर आफ्नो सिट समेत सुरक्षित गरेको क्याम्पस प्रमुख रामकृष्ण सिम्खडाले तथ्यखबरलाई जानकारी दिए ।

कलेजले विद्यार्थीहरुलाई प्रयोगात्मक, व्यवहारिक तथा गुणस्तरीय शिक्षा दिनुका साथै उनीहरुको रचनात्मक क्षमता अभिवृद्धि गराउन तथा उद्यमशीलतालाई जोड दिन ग्रीन आर्मी युनेस्को क्लबले विद्यार्थीहरुलाई सक्षम र प्रतिभाशाली बनाउन तथा समाज र बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाई वातावरण संरक्षणमा टेवा पुर्याउने भएकाले कलेजमा सो क्लबको थालनी गरिएको क्याम्पस प्रमुख सिम्खडाले बताए । यसका साथै कलेजले सम्पूर्ण रुपमा विद्यार्थीहरुलाई नै अतिरिक्त क्रियाकलापमा भाग लिन तथा आफ्नो लक्ष्य अनुसारको सिकाईमा जोड दिने क्याम्पस प्रमुखले बताए ।

काठमाडौं उपत्यकाका जुनसुकै स्थान बाट सहज यातायातको सुविधा रहेको सहज स्थानमा रहेको सो कलेज विभिन्न क्षेत्रमा अब्बल रहेका विद्यार्थीहरुको रोजाईमा परेको बताउदै क्याम्पस प्रमुख सिम्खडाले जेहेन्दार र सृजनात्मक विद्यार्थीहरुका लागि छात्रवृतिको सुविधा रहेको बताए।

कलेजले भाद्र १६ गते लिएको अनलाईन प्रवेश परीक्षा बाट ५०जना भन्दा बढी विद्यार्थीहरुलाई आंशिक तथा पूर्ण छात्रवृति दिएको छ । सिम्खडा भन्छन् सुलभ र गुणस्तरीय शिक्षाका लागि चाबहिलकै नमुना मानिने भि .एस कलेजले एर्सइई परिक्षामा राम्रो जिपिए ल्याउने र कोरोनाबाट प्रत्यक्ष प्रभावित विद्यार्थीहरुलाई समेत लक्षित गरि जेहन्दार तथा आर्थिकस्तर कमजोर भएका साथै गायन, नृत्य, खेल आदि क्षेत्रका विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृतिको व्यबस्था गरेको बताए ।

कलेजले कोरोना माहामारीको अवस्थालाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई अनलाइन शिक्षा दिईरहेको छ। कलेजले भाद्र १६ गते अनलाईन प्रवेश परीक्षा लिएको थियो र प्रवेश परीक्षा पास गरेका र भर्ना भएका बिद्यार्थीहरुलाई असोज ५ बाट नै अनलाईन मार्फत भए नि कक्षा संचालन गरिरहेको क्याम्पस प्रमुख सिम्खडाले बताए ।उनले सम्पूर्ण एस ई ई उत्तीर्ण बिद्यार्थीहरुलाई सर्व सुलब शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्न भि.एस कलेजलाई रोज्नका लागि उनले अनुरोध गरेका छन्।

