बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

फेवातालको बीचमा अलपत्र परेका दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

असाेज ५ कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका ६ स्थित फेवातालको बीच भागमा हावाहुरीको कारण अलपत्र परेका दुई जनाको एपीएफ टोलीले असोज ५ गते सकुशल उद्वार गरेको छ ।

सोही महानगरपालिकाको वडा नं २२ बस्ने ३० वर्षिय हर्कबहादुर विक र ३५ वर्षिय सुरेन्द्र गुरुङ्ग चढेको डुङ्गा हावाहुरीको कारण उक्त तालको बीच भागमा अलपत्र परेका थिए ।

सो बारे जानकारी पाउना साथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कालिका पोखराबाट फेवाताल रेस्क्यु टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको तत्कालै उद्वार गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *