असाेज ५ काठमाडाैं ।पछिल्लो २४ घण्टामा देशभर थपिएका कोरोना संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका मात्रै छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं उपत्यकाका मात्रै ६ सय ७४ हुन् ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरी पछिल्लो २४ घण्टामा ६ सय ७४ संक्रमित थपिएका हुन् ।सबैभन्दा बढी काठमाडौं जिल्लाका ५ सय ३८ जना छन् । यस्तै, भक्तपुर जिल्लाका ७४ र ललितपुर जिल्लाका ६२ जना छन् ।
