बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

सुगालाई कुटी कुटी मारेको आरोपमा भयो जेल सजाय

असाेज ५ काठमाडाैं । सुगाको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । घटना हो भियतनामको । त्रान थी थुई हैंग नाम गरेकी महिलाले एक सुगाको विभत्स तरिकाले हत्या गरिदिएपछि उनलाई जेल सजाय तोकीएको हो । पति र सौतेनी छोरीसँग बस्दै आएकी त्रानले छोरीको मायालु सुगालाई मारिदिएकी हुन् । लकी सुगाले हैंगको दाहिने गालामा टोकी दियो ।

सुगाले गाला टोकेपछि हैंग अत्तालिएर गएर सुगालाई आक्रमण गरेर हत्या गरेको बताइउको छ । उनको कुटाइबाट घाइते भएको सुगा उठ्नै सकेन र सुगा नमरेसम्म कुटिरहिन् । सुगा मेरेपछि रिसले चुर भएकी हैंगले पिंजडामा सुगालाई हालेर बाहिर फालिदिएपछि अदालतले हैंगलाई ५ हप्ताको कैद सुनाएको हो । अदालतले जेल सजाय सुनाएसँगै उनले आँफुले गल्ती गरेको स्विकारेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *