असाेज ५ काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले पार्टिको केन्द्रिय कार्यसम्पादन समितिको बैठक असोज ६ गते बस्ने जानकारी दिएका छन् । नेता थापाले सामाजिक सञ्जाल ट्विटर मार्फत बैंठक बस्ने जानकारी गराएका हुन् । हिजो बसेको राप्रपाको बैंठकले राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिकारूपमा स्थापित गर्न पार्टी एकता सुदृढ तुल्याउने र सबै समस्याहरु समझदारीबाट समाधान गर्ने निर्णय गरेको छ।
थापाको ट्वीट : राप्रपा त्रय अध्यक्षहरूको आज बसेको बैठकले राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिकारूपमा स्थापित गर्न पार्टी एकता सुदृढ तुल्याउने र सबै समस्याहरु समझदारीबाट समाधान गर्ने निर्णय गरेको छ।पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज ६गते गर्ने निर्णय पनि गरेको छ ।

