बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

सर्लाही सरदमुकाम मलंगवामा आइतबार बिहानसम्म कर्फ्यू

असोज ३ सर्लाही ।सर्लाही प्रशासनले सदरमुकाम मलंगवामा आइतबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।मूर्ति विसर्जनको विषयलाई लिएर मुस्लिम समुदाय र हिन्दु समुदायबीचको विवाद झडपमा परिणत भएपछि हिंसा भड्किन नदिन स्थानीय प्रशासनले शनिबार दिउँसो २ बजेबाट कर्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन २०२८ अनुसार सर्वसाधारणलाई घर बाहिर निस्कनै नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए ।बिहीबार विश्वकर्मा पूजाको मूर्ति शुक्रबार विर्सजन गर्न लैजाँदै गर्दा अवरोध भएपछि दुई समुदायबीच झडप भएको थियो । झडपमा दुवै तर्फका १२ जनाभन्दा बढी  घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *