आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

वागमतीसहित चार प्रदेशमा भारी बर्षाको सम्भावना

असाेज ३ काठमाडाैं । आज शनिबार पनि मौसम बदली भई देशका धेरै ठाउँमा मध्य देखि भारी बर्षा हुने मौसम विदले बताएका छन् ।अहिले वागमती, गण्डकी, सुदूरपश्चिम र प्रदेश–५ का केही ठाउँमा पानी परिरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिएकी छिन् । यी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित ठूलो पानी परिरहेको उनले बताएकी छिन् ।

दिउँसोको समयमा पनि वाग्मती, गण्डकी, सुदूरपश्चिम र प्रदेश–५ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।आज देशका अन्य क्षेत्रमा पनि पानी पर्ने अनुमान छ । मनसुनी प्रणाली सक्रिय भएका कारण अहिले काठमाडौं उपत्यकालगायत देशका सबैजसो ठाउँमा मौसम बद्ली भएको छ । मनसुन सक्रिय रहेकाले एक–दुई दिन देशभरको मौसम यस्तै रहने पनि मौसमविद्ले बताएका छन् ।

आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी मौसम पूर्वानुमान महाशालाखाले भनेको छ –सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश–५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *