असाेज २ काठमाडाैं ।नेपालमा आज अहिलेसम्मकै सबैभन्दा धेरै २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ हजार २० जनामा संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ११ हजार ४ सय ५८ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ६१ हजार ५ सय ९३ जना पुगेको छ ।
