असाेज १ काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य बनेका छन् ।मन्त्रिपरिषदको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभा सदस्यमा मनोनित गौतमले बिहीबार दिउँसो राष्ट्रिय सभा सदस्यको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतमलाई राष्ट्रिय सभा सदस्यको रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
गौतम २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर २ बाट पराजित भएका थिए । त्यसयता पटक पटक सांसद बन्न प्रयास गरेका भनिएका उनलाई अन्ततः पार्टीको निर्णयका आधारमा सरकारले राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न सिफारिस गरेको हो ।
