आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अस्ट्रेलियामा पत्रकार सीता रसाइली “NSW Volunteer of the Year Award” द्वारा सम्मानित

भदाै ३० काठमाडाैं । बिगत लामो समय देखि अस्ट्रेलियामा बस्दै आउनु भएकी सीता रसाइली बिश्वकर्मा सामाजिक अभियन्ता साथै रातो पाटी अनलाइन मेडियाका पत्रकार हुनुहुन्छ। सामाजिक कार्यमा सदैब सकृय रहदै आउनु भएका सीताले समाजप्रतिको योगदान जति नै ब्याख्या गरिए पनि अपुग रहन सक्छ। उहाको सामाजिक कार्यको प्रतिको उच्च मुल्यांकन समय समयमा हामीले समाचार र अन्य माध्यम बाट देखिरहेको नै छौ।

भर्खरै मात्र एन. यस. डब्लु. राज्य ले २०२० मा पनि सामाजिक कार्य प्रतिको उच्च मुल्यांकन गर्दै युथ तर्फ बाट “NSW Volunteer of the Year Award” द्वारा सम्मानित गरेको जानकारी प्राप्त भएको छ । यस अवार्डले आफु लाई समाज प्रति थप कार्य गर्न हौसला मिलेको बताउदै, भविष्यमा नया कार्य योजनाको साथ समाजमा आउने सोच रहेको जानकारी ओएस नेपाल सगको कुराकानीमा जानकारी दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *