शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

इंग्लिस प्रिमियर लिग: चेल्सीको शानदार जित

भदाै ३० काठमाडाैं । लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार सुरुवात गरेको छ ।लिग अन्तर्गत सोमबार राति भएको आफ्नो पहिलो खेलमा फ्र्यांक लाम्पार्डको टिम चेल्सीले ब्राइटनलाई ३–१ ले पराजित गरेको हो ।

ब्राइटनको मैदानमा चेल्सीको जितमा कप्तान जर्गिन्हो, रिस जेम्स र कर्ट जोउमाले समान एक गोल गरे ।पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गरेर एक गोल खाएको हो । २३ औँ मिनेटमा पाएको पेनाल्टीमा जोर्गिन्होले गोल गरी चेल्सीलाई सुरुवाति अग्रता दिलाए ।

५४ औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डको गोलबाट ब्राइटनले खेलमा बराबरी गर्न सफल भयो ।तर त्यसको दुई मिनेटपछि जेम्सले गोल गरी चेल्सीलाई पुनः अग्रता दिलाए ।

कर्ट जोउमाले ६६ औँ मिनेटमा जेम्सको सहयोगमा गोल गरी चेल्सीलाई ३–१ को जित दिलाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *