शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

टोखा नगरपालिकामा कोरोना सङ्क्रमित शंख्या ४६२ पुग्यो

भदाै ३० काठमाडाैं । टोखा नगरपालिकामा कोरोना सङ्क्रमित शंख्या ४६२ पुगेको छ। वडा नं १ मा पुरुष -२जना, महिला-४ जना वडा नं २ मा पुरुष-४ जना, महिला-९ वडा नं ३ मा पुरुष-१८, महिला-२७ वडा नं ४मा पुरुष-१७, महिला-१७ वडा नं ५ मा पुरुष-२४, महिला-३५ वडा नं ६ मा पुरुष-२२, महिला-२६ वडा नं ७ मा पुरुष-२३, महिला-४० जन वडा नं ८ मा पुरुष-२४, महिला-२२ वडा नं ९ मा पुरुष-८, महिला-९ वडा नं १० मा पुरुष-२३, महिला-२० वडा नं ११ मा पुरुष-१५, महिला-२० गरी जम्मा पुरुष सख्या १८७ जना रहेका छन्। भने महिला सख्या २७५ जना छन्।

कोरोना सङ्क्रमित बढेर ४६२ जना पुगेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएका छन्। २२३ जना निको भएका र २३६ जना सकृय संक्रमित रहेका छन्। भने मृत्युको सख्या ३ पुगेको छ। होम आइसोलेसनमा १७४ जना रहेको र ६१जना अस्पतालमा रहेको उपप्रमुख डंगोलले बताए। कोरोना सङ्क्रमित १ जना भने सम्पर्क विन भएको छ।

आज थप महिला -११, पुरुष-२२ संक्रमित पुष्टि भएको छ। होम आइसोलेसनमा २८ जना रहेको र अस्पतालमा ५ जना रहेका छन्। टोखा नगरपालिका वडा नं १०मा अध्यान स्कुलमा ८० जना र वडा नं-९मा कान्तिपुर स्कुलमा ८३ जना गरी जम्मा १६३ जनाको PCR परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

संक्रमितहरुको कन्ट्याक ट्रेसिंग  को आधारमा UNICEF ले नगरपालिकालाई स्वच्छता किट हस्तान्तरण गरेको टोखा नगरपालिका का उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी हुन् । भाद्र २९ गते CICT Team ले ३३ जना थप Case Investigation गरेको छ।

टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ३ जना थप भर्ना भएको र ४ जना कोरोना लाई जितेर घर फर्केको छ। हाल सम्म २२ जना सङ्क्रमित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको समेत्  टोखा न. पा का उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *