भदाै ३० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिएका छन्।
अर्थ र सूचना तथा सञ्चार मन्त्री रहेका डा.युवराज खतिवडा सरकारबाट बिदा भएपछि प्रवक्ताको पद रिक्त थियो।
सोमबारको मन्त्रिपरिषद् बैठकले मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
