शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

प्राइम टिभीका भिजुअल एडिटर अनिल गौतमको ट्रिपरको ठक्करबाट निधन

भदाै २७ काठमाडौं । प्राइम टाइम्स टेलिभिजनका वरिष्ठ दृश्य सम्पादक अनिल गौतमको टिप्परको ठक्करबाट निधन भएको छ।शुक्रबार राति १०ः ५५ बजे कार्यालयको काम पूरा गरी कौशलटारस्थित घर गैरहेका बेला उनलाई काठमाडौंको तिनकुनेमा ट्रिपरले ठक्कर दिएको थियो।

तुरुन्त नजिकै रहेको सिभिल अस्पताल लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए ।गौतम सवार बा २९ प १४७९ नम्बरको मोटरसाईकललाई प्रदेश ३ ०१ क ४५६३ नम्बरको ट्रिपरले ठक्कर दिएको हो।

गौतमलाई ठक्कर दिने ट्रिपर र चालक प्रहरी नियन्त्रणमा छन् ।अहिले गौतमको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ।

५२ बर्षीय गौतमका एक छोरा र एक छोरी छन्। उनले चलचित्र दृश्य सम्पादकका रुपमा समेत लामो समय काम गरेका थिए।गौतम हाल भक्तपुरको कौशलटारमा स-परिवार बस्दै आएका थिए। उनको स्थायी घर भने काठमाडौंको धुम्बाराही हो।

गौतम विगत लामो समयदेखि विभिन्न मिडियामा कार्यरत थिए। गौतमको निधनले आफूलाई स्तब्ध बनाएको टेलिभिजनका अध्यक्ष ऋषि धमलाले बताएका छन्।धमलाले टेलिभिजनले एक दक्ष र अनुभवी दृश्य सम्पादक गुमाएको उल्लेख गर्दै संस्थालाई अपुरणीय क्षति भएको बताए।

आफना सहकर्मी गुमाउनुपर्दा प्राइम टाइम्स टेलिभिजन स्तब्ध भएको छ। गौतमको निधनमा कलाकार तथा सहकर्मीहरुले दुःख व्यक्त गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *