भदौं २७ चितवन। चितवनमा दुई सैनिकको करेण्ट लागेर ज्यान गएको छ । चितवनको शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई सैनिक जवानको करेण्ट लागेर मृत्यु भएको हो ।
रुखको हाँगा काट्न चढ्दा प्रयोग गरिएको भर्याङ चिप्लिएर तारमा ठोक्किन पुग्दा भर्याङ समाएका सुवेदार राजुबाबु श्रेष्ठ र सैनिक जवान साजन कुमालको मृत्यु भएको चितव प्रहरीका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार सुवेदार श्रेष्ठको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो भने सैनिक जवना कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुवै जना सैनिक गोरखाका हुन् ।
