शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

ललितपुरका दुई अस्पतालमा थप तीन कोरोना संक्रमितको मृत्यु

भदौं २७ काठमाडौं। ललितपुरका दुई अस्पतालमा उपचाररत थप तीन कोरोना संक्रमितको ज्यान गएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार संक्रमणबाट पाटन अस्पतालमा दुई जना र मेघा अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

भदौ १७ देखि पाटन अस्पतालमा उपचाररत भक्तपुरका ९२ वर्षीय पुरुषको शुक्रबार राति पौने १० बजे र भदौ १९ देखि उपचाररत काठमाडौँका ५१ वर्षीय पुरुषको शनिबार बिहान २ बजे मृत्यु भएको हो ।

त्यस्तै ललितपुरकै मेगा अस्पतालमा उपचाररत भक्तपुरमा ३८ वर्षीय पुरुषको शनिबार बिहान ७ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ती पुरुष शुक्रबार मात्रै अस्पताल भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *