बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

भक्तपुरमा एउटै घरमा ३ जना मृत फेला

भदाै २६ काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा एकै घरमा ३ जनाको शव फेला परेको छ।मध्यपुर थिमी नगरपालिका–९ निकोसेरामा एउटा घरभित्र परिवारका ३ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार घरमा बाबुआमा र छोराको शव भेटिएको हो। ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी मृत अवस्थामा फेला परेका हुन।

शवको प्रकृति हेर्दा सबैको केही दिन पहिलेनै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतकका भाइ सुनिल अधिकारी घरमा पुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको शव फेला परेको प्रहरीले बताएको छ।अहिले महानगरीय अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *