आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

कर तिर्ने समयावधि बढाउन निजीक्षेत्रले गरेको माग सरकारबाट अस्विकार

 देशभर लगाइएको निषेधाज्ञा पूर्णरूपमा नहटेका कारण कर तिर्ने समयावधि बढाउन निजीक्षेत्रले गरेको माग सरकारले सम्बोधन नगर्ने देखिएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार भदौ २५ भित्रै कर चुक्ता र विवरण पेश गर्नुपर्ने यसअघिको व्यवस्थामा समयावधि थप नभएको हो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवर निजीक्षेत्रले समयावधि बढाउन आग्रह गरे पनि थप नभएकाले अवधि नाघेपछि कर भुक्तानी गर्न आउनेलाई नियमानुसार जरीवाना लाग्ने बताउँछन् ।

‘निजीक्षेत्रले समय माग गरेको छ । हामीले अर्थलाई जानकारी पनि गरायौं तर मन्त्रालयबाट कुनै निर्णय भएन,’ उनले भने ।

कुँवरका अनुसार अब मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क जुनमा दर्ता भएको हो, त्यसलाई पहिलेकै नियमानुसार विलम्ब शुल्क, ब्याज र जरीवानासहित करदाताले कर चुक्ता गर्नुपर्नेछ ।आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *