बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

बिहीबार बिहानै पोखरामा ९ वर्षका बालकसहित १९ जनामा देखियो कोरोना

भदाै २५ पोखरा-पोखरामा बिहीबार बिहान थप १९ जनामा कोरोना पुष्टि भएको छ । पोखरा महानगरका १९ जना सहित गण्डकी प्रदेशमा ४९ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पोखरामा संक्रमण पुष्टि हुनेमा पोखरा महानगरपालिका-१९ का २२ बर्षीय प्रहरी, पोखरा ५ की १७ वर्षीया महिला र ४५ वर्षीय पुरुष तथा पोखरा ८ का ९ वर्षका बालकसहित ६ पुरुष र ८ वर्षकी बालिकासहित ७ महिला पश्चिमान्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत स्टाफनर्स पोखरा-१५ की २३ बर्षीय महिला, सोहि अस्पतालमा उपचाररत पोखरा -३२ का ५० बर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी गलुङका ३ पालिकाका ३ महिला र ६ पुरुष, स्याङजा पुतलिबजारका ५ महिला तथा ७ पुरुष, तनहुँ भिमादका ३ पुरुष, नेपाल प्रहरीमा कार्यरत पर्वतका २८ वर्षीय पुरुष तथा नवलपुरका २ पालिकाका २ र ४ वर्षका बालक तथा ३ महिला रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *