भदाै २३ चितवन- चितवन राष्ट्रिय निकुञ्ज भित्र एक सिंगे मृत गैडा फेला परेको छ ।निकुञ्जको रातोपानी घोल भन्ने स्थानमा डुबेको र टाउकोमा दुईवटा गोली लागेको अबस्थामा मृत गैडा फेला परेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।
भदौ २१ गते नै उक्त गैडा मृत फेला परे पनि निकुञ्ज प्रशासनले मंगलबार मात्रै सार्वजनिक गरेको हो । मृत गैंडाको खाग र खुर भने सुरक्षित रहेको बताइएको छ । सिकारीले गोली हनेर भागेको हुनसक्ने अनुमान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा यस वर्ष चार वटा गैंडा मरेका छन् ।
