आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

कोरोना संक्रमणकाे लक्षण छैन कांग्रेस महामन्त्री शशांक कोइरालालाई

भदाै २३ काठकाडाैं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ।‘उहाँलई कोरोना संक्रमण पुष्टि भएको अनौपचारिक जानकारी आयो,’ कोइरालाका सहयोगी भरत तिवारीले नेपालखबरसँग भने, ‘उहाँलाई कुनै समस्या छैन, रुघाखोकी, ज्वरो केही छैन, कोरोना आशंका गरिएपछि तातो पानी पिउनुभएको छ।’

कहाँबाट सरेको हो भन्ने थाहा नभएको उनले बताए।‘हामी चार दिनअघि मेरियट्स होटल गएका थियौं, त्यसयता घरमै छौं,’ तिवारीले भने,  ‘उहाँ स्वस्थ हुनुहुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *