शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

शिव लिंगलाई टुक्रा टुक्रा पार्ने इन्जिनियरको निधन

भदाै २२ काठमाडाैं । रेलवेको ट्रायक बनाउनका लागि मजदुरले जमिन खन्ने क्रममा एउटा शिव लिंग फेला पर्यो । शिवलिंग भेट्टाएपछि मजदुरले काम रोके र उक्त ट्रयाकका इन्जिनियर ब्रिटिश रोर्बट हेनरीलाई यो सबै कुरा भने ।

तर इञ्जिनियरले उक्त शिव लिंगलाई ढुंगा मात्रै भएको भन्दै फोडेरै रेलवे ट्रयाक संचालनमा ल्याउने निर्णय गरे । घटना हो भारतको झारखण्डको गोइककेराको ।झारखण्डमा अंग्रेजको शासन ताकाको समयका ति इञ्जिनियरले हिन्दु धर्ममा आस्था नराख्ने भएका कारण मजदुर र स्थानीयले शिवलिंगको बारेमा सबै बताए पनि हातमा लिएर टुक्रा टुक्रा बनाइदिएको केही समयमा नै ति इञ्निियरको मृत्यु हुन पुग्यो । जसका कारण उक्त काम नै लथालिंग बन्यो ।

विज्ञानलाई समेत चुनौती दिएको घटनाका कारण सरकारले उक्त रेलवे ट्रयाक नै बदल्यो । जहाँ अहिले शिव मन्दिरको निर्माण गरिएको छ । महादेवशाल धाम नाम दिइएको उक्त मन्दिरमा अहिले दिनकै ठूलो संख्यामा दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *