भदाै २१ काठमाडाैं । सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले उनका घरेलु सहायक दीपेश सावन्तलाई पक्राउ गरेको छ।एनसिबीका उपनिर्देशक केपीएस मल्होत्राले दीपेशलाई लागुऔषध खरिद र त्यसको लेनदेनका विषयमा सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएका छन्। उनलाई डिजिटल प्रमाण र बयानका आधारमा पक्राउ गरिएको हो। उनलाई आइतबार अदालत पेश गरिँदैछ।
पक्राउ परेका व्यक्तिहरुको बयान जारी छ। यसअघि पक्राउ परेका सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र पूर्वम्यानेजर स्यामुअल मिरान्डालाई ९ सेप्टेम्बरसम्म एनसिबीको हिरासतमा पठाइएको छ। एनसिबीले शौविक चक्रवर्ती र स्यामुअल मिरान्डालाई ७ दिनको अनुसन्धानका लागि थुनामा राख्ने अनुमति मागेको थियो।
