बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

बार्सिलोना छाड्न नसक्ने निर्णयमा पुगे मेस्सी

भदाै २० काठमाडौं । लियोनल मेस्सी यो सिजन स्पेनिस क्लब बार्सिलोनामै रहने भएका छन् । पछिल्लो २ सातादेखि बार्सिलोना छाड्ने बताउँदै आएका मेस्सीले अन्ततः क्लब नछाड्ने घोषणा गरेका हुन् ।आफूलाई अनुबन्ध गर्नका लागि अन्य कुनै पनि क्लबले ‘रिलिज क्लज’मा उल्लेख गरिएको रकम तिर्न असम्भव रहेको र आफूले माया गरेको क्लबलाई अदालतसम्म डोरयाउन नचाहेको भन्दै मेस्सीले यो सिजन बार्सिलोना नछाड्ने निश्कर्षमा पुगेको बताएका हुन् ।

बार्सिलोना छाड्ने भन्दै अघिल्लो हप्ताको मंगलबार मेस्सीले क्लबका अध्यक्ष जोसेफ मारियो बर्तमोउलाई पत्र लेखेका थिए । तर, बार्सिलोनाले भने उनको करारमा रहेको ७० करोड युरो तिरे मात्रै अन्य क्लबले उनलाई अनुबन्ध गर्नसक्ने बताएको थियो ।गोल डटकमसँगको कुराकानीमा मेस्सीले भनेका छन्, क्लब छाडेर जान म स्वतन्त्र छु भन्ने मलाई लागेको थियो । अध्यक्षले मलाई यो सिजनको अन्त्यमा तिमि यहाँ बस्ने कि नबस्ने भनेर निर्णय लिन पाउने छौ भनेर पनि भन्नुहुन्थ्यो । अहिले म यही कारणले यो क्लबमा निरन्तरता दिन गइरहेको छु कि अध्यक्षले मलाई कसैले ७० करोड युरो तिर्‍यो भने मात्रै म क्लब छाड्न सक्छु भनेर भन्नु भयो । जुन असम्भव छ ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्यन म्युनिखसँग ८–२ गोल अन्तरको लज्जास्पद हार व्यहोरेपछि मेस्सीले क्लबका अध्यक्ष बर्तमोउलाई पत्र लेखेर क्लब छाड्न चाहेको बताएका थिए ।पत्रमा उनले आफ्नो भविष्य बार्सिलोनाभन्दा बाहिर देखेको पनि बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *