भदाै १९ काठमाडौँ । बालबालिकालाई कोरोना लागेको कसरी थाहा पाउने ? घरमा नै सुरक्षित तरिकाले बसेका बालबालिकालाई लगातार पेट दुखे, झाडापखाला लागे वा बान्ता भए उनीहरुमा कोरोनाको सङ्क्रमण भएको हुन सक्ने एक अध्ययनले देखाएको छ । बेलायतले गरेको एक अनुसन्धानले बालबालिकाको पेट दुखे, झाडापखाला लागे वा बान्ता भए उनीहरुमा कोरोनाको सङ्क्रमण भएको हुन सक्ने निश्कर्ष निकालेको छ ।
क्विन्स युनिभर्सिटी बेलफास्टको टोलीले गरेको अनुसन्धानमा बालबालिकालाई पेट दुखेमा त्यो कारोना भाइरसको लक्षण भएको हुन सक्ने जनाएको हो । झण्डै एक हजार बालबालिकामा गरिएको अनुसन्धानपछि वैज्ञानिकले बालबालिकाका बारेमा यस्तो रोचक तथ्य बाहिर ल्याएका हुन् ।
अध्ययनमा समावेश १ हजार बालबालिकामध्ये ९ सय ९२ बालबालिकामध्ये ६८ जनामा एन्टीबडी पाइएको थियो । त्यसमध्ये १३ जनालाई पेट दुखेको, झाडापखाला र बान्ता भएको क्विन्स युनिभर्सिटी बेलफास्टले आफ्नो प्रतिबेदमा उल्लेख गरेको छ । त्यस्तै यसअघि नै ज्वरो, रुघाखोकी, गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पत्ता लागिसकेको छ ।
