शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

भूजीखोलाको ताल फुट्दा बागलुङमा ठूलो बाढी, १४ मध्ये चारको शव सनाखत ,२४ जना अझै बेपत्ता

बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका-९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार शवको सनाखत भएको छ।

पहिरोमा परी २४ जना बेपत्ता छन्। शव सनाखत हुनेमा ढोरपाटन-९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेका प्रहरीले जनाएको छ।

शव भेटिएका १० जनाको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *