शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

राष्ट्रिय सभामा वामदेव गौतमलाई पठाउने नेकपाको निर्णय

काठमाडौं-आज बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णय अनुसार नै राष्ट्रिय सभा सदस्य गौतम सिफारिस हुने जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाई पठाउने कि गौतमलाई पठाउने भन्नेमा नेकपाभित्र विवाद चलेको थियो । राष्ट्रपतिबाट मनोनित गर्ने एक जना राष्ट्रिय सभा सदस्य पद छ महिनादेखि रिक्त थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *