काठमाडौंको सुन्धारास्थित काठमाडौं मलको ‘बी ब्लक’अन्तर्गतको भवन भत्काउने क्रममा एक्साभेटर च्यापिँदा चालक घाइते भएका छन् ।
बिहीबार अपराह्न करिब ४ बजेतिर काठमाडौं मलको बी ब्लकको भवन आफैं भत्किएर एक्साभेटर च्यापिएको थियो ।
एक्साभेटरले भत्काइरहकै अवस्थामा भवन आफैं भत्किएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार भवनमा च्यापिएका एक्साभेटर चालक २४ वर्षीय विष्णुकुमार साहको उद्दार गरिएको छ ।
हाल उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको एसपी राठौरले जानकारी दिए ।
चालक साहको हात र खुट्टामा चोट लागेको छ । घटनामा अन्य मानवीय क्षति भने नभएको एसपी राठौरले जानकारी दिए ।
