बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

राहत सामग्री बोकेर सेनाको हेलिकोप्टरमार्फत बागलुङ गए गृहमन्त्री थापा

काठमाडौँ-बागलुङमा बाढी पीडितलाई राहत सामग्री बोकेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बागलुङतर्फ प्रस्थान गरेका छन् । पीडित परिवारका लागि राहत लिएर गृहमन्त्रीको टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल रहेको बताइएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङतर्फ टोली प्रस्थान गरेको हो ।

गएराति बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ बाढी आउँदा ८ पुरुष र ३ महिला सहित ११ जनाको शव फेला परेको छ भने २४ जना वेपत्ता छन् ।

त्यस्तै बाढीमा ३ दर्जनभन्दा बढी घर पुरिएको छ । बाढीका कारण सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोल दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा बगर बस्तीमा परिणत भएका छन् ।अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । बाढीमा ३ दर्जनभन्दा बढी घर पुरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *