बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

२४ घण्टाको अवधिमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण,संक्रमितको संख्या ४१ हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय २० महिला र ८ सय जना पुरुष गरी कुल १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४१ हजार नाघेको छ । आजसम्म ४१ हजार ६ सय ४९ जनामा संक्रमण पुष्टि भएको उनले बताए । यीमध्ये १८ हजार १ सय ८ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये १० हजार ४ सय ९३ संस्थागत आइसोलेसनमा रहेका छन् भने ७ हजार ६ सय १५ जना होम आइसोलेसनमा छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा १ हजार १ सय १२ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ५६ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ८ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ७ लाख १८ हजार ४ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ६ हजार ७ सय ६६ जना क्वारेन्टाइनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *