आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आजबाट सोह्रश्राद्ध सुरु

आजबाट हिन्दू धर्मावालम्बीहरुको सोह्रश्राद्ध सुरु भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको हो।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो। यी दिनहरुमा हिन्दु धर्मालम्बीहरुले शाकाहारी मात्र भोजन गर्दछन्। घरमा माशांहारी परिकार पनि राख्न नहुने जनविश्वास छ।

आजबाट १६ दिनसम्म पितृकर्म गर्ने परम्परा छ। आजबाट १६ दिनसम्म सात पुस्तालाई तर्पण दिई पूजा गरिन्छ। मृत पितृको मृत्यु तिथिमा श्राद्ध गरिन्छ। पूर्णिमाबाट सुरु भई औंशीमा सोह्रश्राद्ध सम्पन्न हुन्छ। यीमध्ये जुनसुकै दिनमा पर्ने तिथिमा आफ्ना मृत पितृको मृत्यु तिथि पारेर श्राद्ध गरिने प्रचलन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *