बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

चर्चित कलाकार किरण केसी उपभोक्ता अधिकार सद्भावनादुत नियुक्त

कलाकार किरण केसी ‘रातामकै’ लाई बाणीज्य आपूर्ति तथा उपभाेक्ता  संरक्षण विभागले सद्भावनादुत नियुक्त गरेकाे छ। उपभाेक्ता हक हित संरक्षण र बजार अनुगमनमा सक्रिय भूमिका निर्वाह गर्न कलाकार केसीलाई सद्भावना दुत नियुक्त गरेकाे विभागले जनाएकाे छ ।

बर्तमान संकट एवं विषम परिस्थितिमा  स्वास्थ्यको ख्याल गर्नु नै प्रमुख दायित्व भएकाे र यसका  लागि स्वस्थ खाना र सरसफाई प्रमुख कुरा भएकाले खाध्यान्नकाे गुणस्तरमा जाेड दिनुपर्ने कलाकार केसीले ‌राष्ट्रखबरलाई बताए । यस्तो अवस्थामा पनि अति आवश्यक स्वास्थ्य सामाग्री मास्क ,सेनिटाईजर, पञ्जा र अति आवश्यक औषधिहरुको कृतिम अभाव श्रृजना गरी बढी मूल्यमा विक्री गर्ने अखाद्य र म्याद नाघेको बस्तुको विक्री वितरण गरी सर्वसाधारण उपभोक्ताको स्वास्थ्य माथी खेलबाड गर्ने जस्ता निन्दनीय कार्यलाई निरुत्साहित गर्न कलाकार केसीकाे पहल हुनेछ । उनले भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता जस्ता निन्दनीय कार्यको खुलेर विरोध गर्न सबै सराेकारवालासंग आव्हान पनि गरेका छन् ।

सम्पूर्ण सर्वसाधारण उपभोक्ताहरुलाई कुनै सामान खरिद गर्दा म्याद, गुणस्तर, ट्याग, आधिकारिक बिल हेरी सधै सजग र सचेत हुनुपर्ने केसीले बताए । कालो बजारी भ्रष्टाचार, अनियमितता सम्बन्धी कुनै जानकारी भएमा सम्बन्धित निकायमा जानकारी गराई कारवाहीमा सहयोग पुर्याउन पनि अनुराेध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *