नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (Nepal International Film Festival) (NIFF) आयोजना गर्दै आएको संस्था नेपाल चलचित्र तथा सास्कृतिक प्रतिष्ठान Nepal Film and Cultural Academy (NFCA)ले युटुब च्यानल सञ्चालन गरेको छ ।
यस संस्थाले मकवानपुरको चलचित्र लेखन कार्यशालाको भिडियो हालेर च्यानलको शुरुवात गरेको छ । संस्थाले NIFF का तीनवटै आयोजनाका भिडियोहरु क्रमश: हाल्दै जाने जनाएको छ ।
नेपाली चलचित्रको उचित बजारीकरण, विस्तार, ब्यवस्थापन गर्ने अनि समय समयमा गरिने कार्यशालाहरुको भिडियोहरु यस च्यानलमा राखेर नेपाली चलचित्रकर्मीहरुले स्वदेशीलाई मात्रा नभई विदेशी चलचित्रकर्मीहरुले पनि यस च्यानलबाट बिशेषगरी नेपाली चलचित्रको थप अध्ययन गर्न सहज हुन सक्ने जानकारी संस्थाका महासचिव राजु के.सिले जानकारी दिनुभयो ।
संस्थाले आयोजना गर्ने प्रत्यक गतिविधी यस च्यानलमा राखिने पनि जानकारी गराउनु भयो ।
