बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

तालिवानद्वारा तीन दिने युद्धविराम घोषणा

एजेन्सी- तालिवानले ईद अल अधाको मुस्लिम छुट्टीको समयमा शुक्रबारदेखि तीन दिनको युद्धविराम घोषणा गरेको छ। मंगलबार नै दुई महिनाभन्दा बढी अवधिपछि अफगानिस्तान सरकारले दोस्रो पटक तालिवानसँग वार्ताको प्रस्ताव गरेसँगै उक्त समूहले पर्वको समय पारेर युद्धविरामको घोषणा गरेको हो।

तालिवान समूहका प्रवक्ता जाविहुल्ला मुजाहिदले एक विज्ञप्ति जारी गर्दै भने, ‘सबै मुजाहिद्दीन (तालिबानी लडाकू)लाई ईद अल–अधाको तीन दिन र तीन रातमा दुश्मनको विरूद्ध कुनै किसिमका सशस्त्र कारबाही रोक्न आह्वान गरिएको छ।’ यसअघि मङ्गलबार नै राष्ट्रपति असरफ घानीले राष्ट्रपतिको कार्यालयका उच्च पदस्थ अधिकारीसँग एक हप्ताभित्र शान्तिवार्ता हुने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *