बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

लाइसेन्स बनाइदिन्छु भन्दै रकम असुलेको अभियोगमा एक पक्राउ

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिन्छु भनेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगु खत्याड गाउँपालिका–८ घर भइ हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका बस्ने २५ वर्षीय प्रेमराज पाण्डे छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त, थानकोटले खरिबाटेबाट पक्राउ गरिएको डीएसपी राजकुमार केसीले बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा पाण्डेले चन्द्रागिरि–४ का मंगल श्रेष्ठ र शैसव श्रेष्ठ लगायतलाई लाइसेन्स बनाइदिन्छु भनेर प्रतिव्यक्ति साढे १३ हजार रुपैयाँ लिएको खुलेको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध थप कानुनी कारबाही प्रक्रिया अघि बढाइएको डीएसपी केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *