भदाै २२ काठमाडौं । भारतमा गएको २४ घण्टामा भारतमा ९१ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा एकैदिन ९१ हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भएको छ ।
यसरी भारतमा संक्रमितको संख्या ४२ लाख २ हजार ५ सय ६२ पुगेको छ । त्यस्तै भारतमा एकैदिन १ हजार ८ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।यसरी भारतमा कोरोनाबाट ज्यान जानेको कुल संख्या ७१ हजार ६ सय ८७ पुगेको छ ।
भारतमा ३२ लाख ४७ हजार २ सय ९७ जना संक्रमित उपचारपछि निको भएका छन् भने ८ लाख ८३ हजार ५ सय ७८ जना उपचाररत छन् ।
