बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नेपाल चलचित्र कलाकार संघको सकृयतामा वृहत् रक्तदान कार्यक्रम

 साउन, काठमाडौं । शनिबार नेपाल चलचित्र कलाकार संघको सकृयतामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी बानेश्वर उपशाखा, नेपाल चलचित्र कलाकार संघ, गंगादेवी चुचोल टोलसुधार समिति संखमुल तथा नेपाल चलचित्र नृत्य संघको संयुक्त आयोजना रहेको उक्त कार्यक्रममा लगभग ८५ जनाको सहभागीता थियो ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघको तर्फबाट अध्यक्ष रबीन्द्र खडका, उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, महासचिव चेतबहादुर सिंह, कोषाध्यक्ष सुनिल कटुवाल, रामेश्वर वुर्लाकोटी, गोपाल ढकाल छन्दे, भगवती खड्का लगायत कलाकारहरुको उत्साहजनक सहभागीता रहेको थियो ।

यो विषम परिस्थितीमा तपाईं हाम्रो एक पाउण्ड रगतले कसैको जीवन बाँच्न सक्छ भने मानव जीवन रक्षार्थ पनि हामीले पहल गर्ने पर्छ भन्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको, आयोजक मध्येको एक संस्था नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *