बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

चर्चित गायक प्रकाश सपूतको ‘नमस्कार’बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं। लोकप्रिय गायक प्रकाश सपूत नयाँ गीतका साथ स्रोता तथा दर्शकमाझ आएका छन्। उनले बिहीबार आफ्नै युट्युब च्यानलमार्फत ‘नमस्कार’बोलको गीत सार्वजनिक गरेका छन्।

गीतमा प्रकाशको शब्द, संगीत र स्वर छ। भिडियोमा प्रकाशकै मुख्य अभिनय छ। भिडियोलाई प्रकाशका भाई देबेन्द्र बब्लुले निर्देशन गरेका हुन्। भिडियोमा अनिल के. मानन्धरको छायाँकन, प्रविण भट्टको सम्पादन छ।

प्रकाशले यो गीतलाई परिस्थितिको गीत भनेका छन्। उनी भन्छन् ‘कोरोना नआएको भए र लकडाउन नभएको भए यो गीत बन्ने नै थिएन्।’ प्रकाश गीतका शब्दहरुले जिवनप्रती सकारात्मक उर्जा प्रदान गर्दै हरेक समयमा, हामीसंग जे छ त्यसमै खुशी रहन प्रेरित गर्ने बताउँछन्।

हेर्नुहोस् भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *