बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

अभिविन्द र वर्षा अभिनित छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं। सञ्चारकर्मी रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक गरिएको छ।

चलचित्र बिहीबार ‘द सेलिब्रेटी टाइम्स’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। यस छोटो चलचित्रमा शीर्ष भुमिकामा अभिविन्द खनिया र वर्षा भण्डारीको अभिनय हेर्न सकिन्छ। त्यस्तै अनिकेत अधिकारी र प्रख्यात घिमिरेले समेत यसमा अभिनय गरेका छन्।

कोरोना भाइरस (कोभिड -१९)को संक्रमण रोक्न गरिएको लकडाउनका कारण एक मध्यमवर्गीय युवामा परेको आर्थिक समस्यालाई छोटो चलचित्रमार्फत देखाउन खोजिएको छ।

चलचित्रले सहरमा डेरा गरी बस्ने अधिकांश युवाको अहिलेको समस्या बोलेको छ। ‘लक डाउन’लाई निमा शेर्पाले छायांकन तथा सम्पादन गरेका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *